चमार विद्यार्थी छात्रवृति कोष स्थापना गर्ने

धनुषा, ०७६ माघ २७ ।

जनकपुरको गोपाल धर्मशालामा ६४३ औ सन्त शिरोमणि गुरु रविदासको जन्म जयन्तीको अवसरमा चमार समुदायका बिद्यार्थीहरुको उच्च शिक्षा हासिलका लागि चमार विद्यार्थी छात्रवृति कोषको स्थापना गर्ने भएको छ ।

उक्त कोषले खास गरि चमार सामुदायिका गरिव जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा अध्ययनको लागि कोषबाट छात्रवृति प्रदान गर्नेछ । यस पवित्र कार्यको लागि सवैले सहयोग गर्नु पर्ने छ । छात्रवृत्ति कोष स्थापना हुने भएकोले चमार समुदाय लगायत आर्थिक सहयोग गर्न चाहने सवै समुदाय वर्ग र संस्थाहरुलाई अनुरोध गरिएको छ ।

चमार विद्यार्थी छात्रवृति कोष स्थापना अभियान आजबाट थालनी भएको छ । उक्त कोषमा मानवअधिकारकर्मी बिनोद महराले रु. ११००५ सहयोग दिने घोषण समेत गर्नु भयो ।

अरुले आर्थिक सहयोग गर्न चाहेमा नेपाल रविदास उत्थान समाजलाई सम्पर्क गर्न सकिने समाजको महासचिव रामो महराले बताउनु भयो ।

धेरै पढिएको

ताजा समाचार