रौतहटमा हथौडा प्रहार गरी हत्या

धनुषा, ०७६ माघ २८ गते

रौतहटमा अज्ञात समूहले एक बृद्धको टाउकोमा हथौडा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।रौतहटको दुर्गा भगवती गाउँपालीका वडा नं. ३ मत्सरी पर्साटोलका अन्दाजी ६५ बर्षिय फेकन पण्डितको उनकै घरमा राखिएको हथौडाले टाउकोमा प्रहार गरी हत्या गरेको रौतहट प्रहरीले जनाएको छ।

गएराती राति खाना खाएर घर देखी करिब १ किलोमिटरको दुरीमा रहेको गाईगोठमा सुत्न गएका पण्डित मंगलबार (आज) बिहान अवेरसम्म घरमा नफर्केपछि परिवारका सदस्यहरुले गोठमा हेर्न जाँदा उनको टाउकोमा हथौडा प्रहार गरेर विभत्स हत्या गरेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।

घटनाको विषयमा गहन रुपमा अनुसन्धान भइरहेको रौतहटका प्रहरी प्रमुख एसपी रविराज खडकाले बताए। मृतकको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौरमा राखिएको छ।

धेरै पढिएको

ताजा समाचार