
धनुषा,०७६ फागुन २ गते
जनकपुरमा फागुन १० गतेदेखि ३ दिवसीय खाद्य मेलाको आयोजना हुने भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरको आयोजनामा मेलाको आयोजना हुने भएको छ । आयोजकले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरेर मेलामा स्थानीय स्तरमा अल्प प्रचलनमा रहेका खाद्य पदार्थहरुको प्रदर्शनी, विभिन्न जात विशेषसंग सम्बन्धित परम्परागत खाद्य पदार्थ, खानेवानीमा सुधारका लागि स्वच्छ तथा पोसिलो खाद्य पदार्थहरुको प्रदर्शनी गरिने कार्यालय प्रमुख विजय खनालले जानकारी दिएका हुन् ।
खाद्य मेला जनकपुरको तिरहुतिया गाछीमा आयोजना गरिनेछ । मेलामा मिथिला परम्पराको गितसंगितको आयोजना गरिने आयोजकले जनाएको छ । मेलामा २० हजार सर्वसाधारण जनताले अवलोकन गर्ने आयोजकले दावि गरेका छन् । मेलामा प्रवेश निःशुल्क गरिनेछ भने स्टललाई समेत निःशुल्क रहनेछ । उत्कृष्ट स्टल संचालकलाई नगद पुरस्कार समेत प्रदान गरिने कार्यालय प्रमुख खनालले बताए ।