पशु प्राविधिक स्वास्थ्यकर्मीहरु संगठित हुदै, धनुषा अध्यक्षमा साह सर्वसम्मत चयन


धनुषा, ०७६ फागुन ३ गते ।
एक गाउँ एक पशु प्राविधिक स्वास्थ्यकर्मीको अवधारणाअन्तर्गत गाउँ गाउँमा नियुक्त भएका प्राविधिकहरुको संगठित भएका छन् । संघियतासंगै पशु कार्यालय स्थानिय तहमा समावेश भएपछि स्थानिय सरकारले वेवास्ता गर्दै पशु स्वास्थ्य प्राविधिकहरुको तलव दिन आनाकानी गर्दै आएकाले गर्दा स्वास्थ्यकर्मीहरु संगठित हुदै आफना जिल्ला जिल्लामा कार्यसमिति गठन गरेका छन् ।
शनिवार जनकपुरमा नेपाली काग्रेस निकट नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ धनुषा कार्यसमिति चयन गरिएको छ । नेपाली काग्रेसका धनुषा सभापति महेशशंकर गिरीको प्रमुख आतिथ्य र विकरु यादवको अध्यक्षतामा आयोजित जिल्ला अधिवेशनबाट अनिरुद्ध साहको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेका छन् । गठित कार्यसमितिको उपाध्यक्षमा राजकिशोर सलहैता, सचिवमा राजिव यादव, सहसचिवमा कमलेश कुमार झा र कोषाध्यक्षमा दिपक कुमार यादव सर्वसम्मत चयन भएका छन् ।


कार्यसमिति सदस्यहरुमा राकेश कुमार यादव, मनमोहन झा,लालवावु साह, प्रेमकुमार यादव, शिवकुमार यादव र सन्तोष कुमार महतो रहेका छन् । यसअघि उद्घाटन सत्रमा नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघका केन्द्रि उपाध्यक्ष पुष्कर नेपाल, नेपाली काग्रेस महासमिति सदस्य प्रफुल्लराज घिमिरे, काग्रेस धनुषाका सदस्य प्रवेश चौधरी, काग्रेस जनकपुर नगरसमितीका अध्यक्ष मनोजकुमार साह, नेपाल निजामति युनियन संघ प्रदेश २ का अध्यक्ष राजकिशोर राउतले सम्बोधन गरेका थिए ।
कार्यक्रममा पशु स्वास्थ्य सेवा प्राविधिक संघका प्रदेश २ उपाध्यक्ष युगलकिशोर सिंह, युनियन संघका केन्द्रिय सदस्य शंकर सिंह, प्राविधिक संघका केन्द्रिय कोषाध्यक्ष अशोस्थया अर्याल, युनियन संघ महोत्तरीका अध्यक्ष जितेन्द्रप्रसाद सिंह, आधिकारिक ट्रेड युनियन महोत्तरीका सचिव विजय कुमार चौधरीलगायतले आफनो मनतब्य व्यक्त गरेको संघका केन्द्रिय प्रतिनिधी लक्ष्मी मंडलले जानकारी दिएका छन् ।

धेरै पढिएको

ताजा समाचार