८ जिल्लाका गीतकार जनकपुरमा उपस्थित


धनुषा,०७६ फागुन ३ गते
प्रदेश २ को आठ जिल्लका गीतकारहरु जनकपुरमा भेला भएका छन् । गीतकार संघको प्रदेश स्तरीय दुई दिने गीतकार÷श्रष्ठा भेला तथा गीत शिविरको शनिवारदेखि भेला सुरु भएको हो । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा गीतकार संघ नेपालको आयोजनामा शुरु भएको शिविरमा वरिष्ठ साहित्यकार तथा गीतकार डा. राजेन्द्र विमल र गीतकार डा. डिआर उपाध्यायलाई सम्मान पत्रका साथ दोसल्ला ओढाएर प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्रि जितेन्द्र सोनलले सम्मान गरेका छन् ।
शिविरमा गीतकार अशोक दत्तद्वारा लिखित एवम् सुनिल मल्लिकको स्वरमा तयार गरिएको मिथिला गान भन्ने एल्बमको लोर्कापण गरेका छन् । संघका केन्द्रिय अध्यक्ष चुडामणि देवकोटाको अध्यक्षतामा बसेको उदघाटन सत्रमा मधेशी आयोगका अध्यक्ष विजय दत्तलगायत प्रदेशभरका गीत संगीतको क्षेत्रमा कार्यरत साहित्कायरहरुको सभागिता रहेको छ ।

धेरै पढिएको

ताजा समाचार