
धनुषा, ०७६ फागुन ३ गते ।
जनकपुरधाममा ८० लाखको लागतमा अत्याधुनिक उपकरणसहित फिटनेश एण्ड हेल्थ क्लव खुलेको छ । फिटनेशको क्षेत्रमा इराकमा १४ वर्षको अनुभवी रहेका युवा सन्तोष कुमार मंडलले जनकपुरमा योग गर्ने र फिटनेशप्रति युवाहरु आकर्षित भएको बताएका छन् । विदेशी भुमिमा बटुका अनुभवलाई जनकपुरकै युवाहरुलाई फिटनेश संगै स्वस्थ्य रहनको लागि अमेरिकन उपकरणहरु क्लवमा ल्याएको बताएका छन् ।

करिव ८० लाख रुपैयाको लागतमा सुरु गरिएको क्लवको एक कार्यक्रमविच शनिवार लगानीकर्ता मण्डलका वुवा हरिशचन्द्र मण्डलले उदघाटन गरेका छन् । क्लवमा महिला र पुरुषका लागि छुटटै व्यवस्था गरिएको छ । क्लवमा सत्या झाले ट्रेनिङ्ग दिने संचालक सन्तोष कुमार मण्डलले जानकारी दिए ।
जनकपुरको मिल्स एरियामा सुरु गरिएको अत्याधुनिक उपकरणसहितको फिटनेश क्लवमा श्रीमान श्रीमतीको लागि प्याकेजमा आउनेहरुलाई छुटको व्यवस्था समेत गरिएको संचालक मण्डलले बताएका छन् । महिनाको दुई हजार ५ सय र वार्षिक १६ हजार रुपैया तोकेको छ ।