
धनुषा,०७६ फागुन ३ गते
धनुषाको हंसपुर नगरपालिकामा दुई मोटरसाइकल एक आपसमा ठोकिदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर २ जना गम्भिर घाइते भएका छन् । दुर्घटनामा परेर हंसपुर नपा वडा नं.६ बस्ने २६ वर्षिय नविन रायको मृत्यु ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर गम्भिर घाईते भएका रायको उपचारका लागि जनकपुर ल्याउने क्रममा बाटोमै मृत्यु भएको धनुषाका डिएसपी रामेश्वर कार्कीले जानकारी दिएका छन् ।
मोरहा रुदौलीस्थित हनुमान मन्दिर नजिक पूर्वतर्फबाट आउँदै गरेको ज ११ प ६३९० नम्बरको मोटरसाइल र विपरित दिशाबाट आउँदै गरेको ज १० प २९७७ नम्बरको मोटरसाईकल ठोक्किएको थियो ।
दुर्घटनामा गम्भिर घाइते हुनेमा हंसपुर नपा वडा नं.६ सोनिगामाका २५ वर्षिय संजय मुखिया र औरही गाउँपालिका वडा नं.१ बस्ने २७ वर्षिय ईनर मण्डल रहेको प्रहरीदे जनाएको छ । घाइतेहरुको जनकपुरस्थित प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।