
मंसिर १८ गते ।
धनुषाको बटेश्वर गाउँपालिका वडा नं. ५ शान्तिपुरमा कम्वल वितरण गरिएको छ । अन्नपूर्ण महिला सेवा समाज काठमाण्डौको आयोजना र गरिव असहाय संरक्षण मंचको समन्वयमा बुधवार शान्तिपुरस्थित मुसहरवस्तीमा कम्वल वितरण गरिएको स्थानिय समाजसेवी युवा नेता सुनिल साहले जानकारी दिएका छन् ।
महिला सेवा समाजका अध्यक्ष राधा भटटराईको नेतृत्वमा गरिव, असहाय तथा दलित परिवारका ५० जनालाई कम्वल वितरण गरिएको हो । चिसोको समयमा न्यानोपनको लागि कम्वल वितरण गरिएको अन्नपूर्ण महिला सेवा समाजका अध्यक्ष राधा भटटाईले जानकारी दिएकी छिन् ।