मोटरसाइकलको एयर फिल्टमा लागुऔषध तस्करीको खुलासा


धनुषा, ०७६ फागुन ६ गते ।
सर्लाहीमा मोटरसाइकलको एयर फिल्टर बक्समा लुकाएर ल्याउँदै गरेको लागुऔषध प्रहरीले बरामद गरेको छ । प्रहरीले लागुऔषध तस्करीमा निगरानी बढाएपछि तस्करले लागुऔषध तस्करी गर्ने नयाँ उपाय निकालेको खुलासा भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले सर्लाहीको नेपाल भारत सिमावर्ती सर्लाहीको ब्रम्हपुरी गाउँपालिका –४ बाट मोटरसाइकलको एयर फिल्टर बक्समा लुकाएर ल्याउँदै गरेको लागुऔषध बरामद गरेको छ ।
झोला, कार, बोरा, ग्याँस सिलेण्डरमा तस्करले यस अघि भारतबाट लागुऔषध तस्करी गरि नेपाल भित्र्यादै आएका प्रहरीले जनाएको छ । सिमावर्ती भारतको सोनवर्षा बजारबाट सोमबार बेलुका साढे ६ बजेको समयमा द्यच् ण्टब्क् द्धठण्ढ नम्बरको मोटरसाइकलमा चढेर आइरहेका दुइजना मानिसहरु संयुक्त गस्ती टोलीलाई देखेर मोटरसाइकल बाटोमै छाडेर भागेका थिए ।
उनीहरुकोे खोजतलास गर्दा फेला नपरेपछि छाडेर गएको मोटरसाइकललाई नियन्त्रणमा लिएर प्रहरीले चेक जाँच गर्दा एयर फिल्टर बक्समा लागुऔषध फेला परेको थियो । प्रतिबन्धित लागुऔषध डायलेक्स १०० एम.एल को २० बोतल, २४ पिस निलो क्याप्सुल र २ थान मोबाइल फोन बरामद भएको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रहरी प्रवक्ता एवं डिएसपी प्रतीत सिंह राठौरले बताए ।

धेरै पढिएको

ताजा समाचार