मुख्य न्यायधिवक्ता झाको दुई वर्षको कार्यानुभव


धनुषा, ०७६ फागुन ६ गते ।
प्रदेश २ का मुख्य न्यायाधिवक्ताको रुपमा दिपेन्द्र झाले शपथ ग्रहण फागुन ६ गते २ बर्ष पुरा भएको छ । विभिन्न प्रतिकुलताको बावजुद संघीयता कार्यान्वयन, प्रदेशको सामाजिक रुपान्तरण र आर्थिक रुपान्तरणसँग सम्बन्धित नीति नियम लगायतका विषयमा कार्य प्रगति भएको मुख्य न्यायाधिवक्ता झाको भनाई छ ।
२ वर्षको अवधिमा प्रदेश २ का लागि २३ वटा कानुनको विद्येयक तयार गरेको छ । २ वर्षमा संघिय सरकारले अधिग्रहण गर्न चाहेका सागरनाथ वन विकास परियोजनमा सर्वोच्च अदालतमा संघिय सरकारविरुद्धको मुददामा प्रदेश सरकारको पक्षमा अन्तरिम आदेश, प्रहरी, प्रदेश निजामती, प्रदेश प्रशासन, प्रदेश लोक सेवा लगायतका प्रदेशका स्वायतता सुनिश्चित गर्ने कार्य सम्पन्न भएकोमा आफुलाई खुशी लागेको मुख्य न्यायधिवक्ता झाले बताउनुभयो ।
सामाजिक रुपान्तरणका दलित सशक्तिकरण ऐन, छोरी बीमा लगायतका महत्वपुर्ण कार्यहरु सफलताका आधारहरु रहेको उहाँले बताउनुभएको छ । २ वर्षको अवधिमा माननीय प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख, मन्त्री, महान्यायाधिवक्ता, प्रदेश सभासदस्य, स्थानीय जनप्रतिनिधि, न्यायाधीश, कर्मचारी, निजि सचिवालय, पत्रकार, नागरिक समाजलगायत प्रदेशका सम्पुर्ण जनतामा आभार व्यक्त गर्नुभएको छ ।

धेरै पढिएको

ताजा समाचार