४ छोरीले वुवाको पार्थिव शरिर ५ किलोमिटर लगेपछि


धनुषा,०७६ फागुन ८ गते
धनुषाको सवैलामा स्थानिय समाजसेवी रामनारायण यादवको निधन भएपछि उहाँको पत्निले दागवत्ती दिनुभएको छ । समाजमा दागवत्ती दिन र मलामी जानको लागि छोरा नै चाहिने पृतिसत्तात्मक सोचलाई सवैलाका वासिन्दाले तोडेर समाज परिवर्तनका उदाहरणीय काम गरेका छन् ।
छोराले नै शव कान्धामा बोक्नु र मलामी जानु भन्ने मधेशमा व्याप्त मान्यता रहेको छ । मंगलवार रामनारायण यादवको मृत्यु भएपछि छोरीहरुले नै घरदेखि ५ किलोमीटर टाढा कमलाघाटसम्म काँधमा बोकेर पुगेको थिइन् । मृतक यादवको ५ छोरी छिन् ।
जेठी छोरी ४० वर्षीया नेतुर यादव, ३७ वर्षीया राजोदेवी यादव, ३५ वर्षीया प्रमिलादेवी यादव, ३२ वर्षीया अनितादेवी यादव र ३० वर्षीया गोर्की यादवले बुवाको शवलाई काँध दिएकी छिन् । मृतक यादवको पार्थिव शरीरलाई उनकै पत्नी ६२ वर्षीया रवियादेवी यादवले दागबत्ती दिएकी छिन् ।
अघिअघि श्रीमित, पछिपछि ४ जना दिदीबहिनीले काँधमा शव उठाएको र त्यसको पछि पछि गाउँ समाजका व्यक्तिहरु रामनाम सत्य है, सबका यही गत है भन्दै मलामी गइरहेको दृश्य अनौठो दृश्य हेर्दा सबै चकित मात्रै हैन गाउँ समाजका जो कोहीको पनि आँखा रसाएको थियो ।
मलामी जानुभन्दा पहिले छोरीलाई शव नबोक्न गाउँलेले रोकेको मृतक यादवकी पत्नि रवियादेवी बताइन् । शुरुमा गाउँलेहरुले छोरीले शव बोक्नु हुनु हुँदैन, यसले समाजमा नकारात्मक धारणा दिन्छ भनिरहेको थियो तर आफूले छोरीले हाम्रो श्रीमानलाई शव बोक्ने भनेर अडान लिएपछि गाउँलेहरु सहमत भएको बताइन् ।
वुवालाई छोरासरह नै ‘कन्धा’ दिन पाउँदा छोरासरह हक पाएको जस्तो महसूस भएको मृतक यादवकी छोरी प्रमिलादेवीले भनिन् ‘समाजमा अहिलेसम्म छोराले नै कन्धा वा दागबत्ती दिनुपर्ने मान्यता रहेको छ त्यो मान्यतालाई परिवर्तन गरेर छोराभन्दा छोरी कम छैन आफू महसूस गरेको छु ।
मृतक यादव नेपाली कांग्रेसको कार्यकर्ता रहेको कारण उहाँको पार्थिव शरिरमा श्रद्धाञ्जली दिन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री आनन्दप्रसाद ढुंगाना पनि पुग्नुभएको थियो । उहाँले मृतक यादवको पार्थिव शरिरमा पार्टीको झण्डा ओढाएर सम्मान व्यक्त गर्नुभएको थियो ।

धेरै पढिएको

ताजा समाचार