परिक्रमामा सहभागि धनुषाका एक श्रद्धालुको मृत्यु


धनुषा, ०७६ फागुन १३ गते ।
मिथिला बिहारीको डोलासँगै १५ दिने मिथिला मध्यमा परिक्रमा गरिरहेका साधु निर्धन यादवको मृत्यु भएको छ । मिथिला बिहारी नगरपालिका कचुरीका यादवको मंगलबार बिहान करिब ४ बजे भारतको कल्याणेश्वरमा मृत्यु भएको हो ।
डोलाका सदस्यका अनुसार मृतक साधु बिहान आगो सल्काएर बसेको र केही बेरमै अचानक ढलेका थिए । उनको शव कल्याणेश्वरबाट दाहसंस्कारको लागि परिवारका सदस्यहरूले कचुरी ल्याएका छन् ।

धेरै पढिएको

ताजा समाचार