प्रदेश २ का एक सचिव २० हजार घुससहित पक्राउ

धनुषा,०७६ फागुन १६ गते

धनुषामा एक वडा सचिव २० हजार घुससहित रंगेहात अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् । पक्राउ पर्नेमा धनुषाको धनौजी गाउँपालिका वडा नं. २ का वडा सचिव सुशिल ठाकुर छनृ ।

एक सेवाग्राहीसंग जन्म प्रमाणित गराउन २० हजार रुपैयाँ घुस दिन भनेपछि गोप्य सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासबाट खटिएकोटोलीले उनलाई रंगेहात पक्राउ गरेको जनाएको छ ।

ठाकुरलाई २० हजार रुपैयाँ लिसकेको अवस्थामा रकम सहित उनकै कार्यकक्षबाट नियन्त्रणमा उनलाई शुक्रबार नियन्त्रणमा लिएको हो ।

सचिव ठाकुरलाई थप अनुसन्धानको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासमा लगिएको छ ।

धेरै पढिएको

ताजा समाचार