धनुषामा प्राधिकरणको लापरवाहीले पोलमा किचिएर विद्यार्थीको मृत्यु


धनुषा, ०७६ फागुन १८ गते ।
नेपाल विद्युत प्राधिकरणको लापरवाहीले गर्दा १० वर्षीय छोरा आशिक गडेरीको पोलमा किचिएर मृत्यु भएको धनुषाधाम नगरपालिका–३ बस्ने विनोद गडेरीले आरोप लगाउनुभएको छ । फागुन १८ गते स्कुलबाट घर फर्किदै गरेका १० वर्षीय आशिक विजुलीको पोलमा किचिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय धनुषाधामले जनाएको छ । बालक पोलमाथि चढ्दा ढलेर जिउमै किचिएपछि घटना स्थलमै गडेरीको मृत्युु भएको हो ।
गडेरीको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । पिडित विनोद गडेरीले नेपाल विद्युत प्राद्यिकरणको लापरवाहीले गर्दा छोराकोा पोलमा किचिएर मृत्यु भएको दावि गर्नुभएको छ । उहाँले अव्यवस्थित तरिकारले विजुलीको पोल राखेकाले गर्दा छोरा मृत्युको सिकार भएको भन्दै लापरवाह कर्मचारीलाई कारवार्ही गर्न माग गर्नुभएको छ ।

धेरै पढिएको

ताजा समाचार