सरकारी जग्गा अतिक्रमण गर्नेको घरमा लगाइयो डोजर


धनुुषा, ०७६ फागुन १८ गते ।
महोत्तरीको गौशालामा वर्षौदेखि सरकारी जग्गा अतिक्रमण गरि घर टहरा निमार्ण गर्नेहरुको घरमा डोजर लगाएको भत्काइएको छ ।
निगौल गाई गौशाला व्यवस्थापनको अधिनमा रहेको ३० घर, टहरामा डोजर लगाई भत्काईएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिव निवारणमन्त्री पद्यमा अर्यालको निर्देशनमा सरकारी जग्गा अतिक्रमण गर्नेहरुको घर,टहरामा डोजर लगाएर भत्काइएको हो ।
सरकारी जग्गा अतिक्रमणमुक्त अभियानको क्रममा निगौल गाई गौशाला व्यवस्थापन जग्गाबाट विस्थापित भएका घरपरिवारलाई स्थानीय सरकारले व्यवस्थापन गर्ने मन्त्रि अर्यालले बताए ।
पटक पटक सो घर टहरा हटाउन निर्देशन दिएको भएपनि अटेर गरेकाले गर्दा आइतवार डोजर लगाएरै भत्काइएको छ ।

धेरै पढिएको

ताजा समाचार