बम विस्फोट घटनाका आरोपित विप्लव नेता पक्राउ


धनुषा, ०७६ फागुन १९ गते ।
धनुषाको क्षिरेश्वरनाथ नपा वडा नं. ५ स्थित राजेश साहको घरमा प्रहरी इन्स्पेक्टरलगायत ३ जनाको हत्या र अन्य ५ जना घाइते हुने गरि बम विस्फोट घटनामा सलग्न आरोपमा प्रहरीले गौरीनारायण मण्डललाई गणेशमान चारनाथ न.पा.–५ सखुवनी खोलाबाट पक्राउ गरेको छ ।
नेपाल सरकारद्धारा प्रतिवन्धित ने.क.पा. बिप्लव समुहका अखिल क्रान्तिकारी शिक्षक संघका केन्द्रिय उपाध्यक्ष मिथिला विहारी नपा–३ बस्ने ५० वर्षीय गौरीनारायण मण्डललाई प्रहरीले फागुन १८ गते पक्राउ गरेको हो ।
प्रदेश प्रहरी र जिल्ला प्रहरीको संयुक्त गस्ती टोलीले गौरीलाई पक्राउ गरेको हो । पक्राउ परेका मण्डललाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखेर अनुसन्धान भई रहेको प्रहरी इन्स्पेक्टर अवधेश कुमार यादवले जानकारी दिएका छन् ।

धेरै पढिएको

ताजा समाचार