प्रदेश २ मा होली मनाउन २ दिन विदाको घोषणा


धनुषा, ०७६ फागुन १९ गते ।
मिथिलाञ्चलको महान पर्व होलीको अवसरमा प्रदेश २ सरकारले २ दिन विदाको घोषणा गरेको छ । संघिय सरकारले होलीको अवसरमा फागुन २६ गते विदा दिने घोषणा गरेकोमा प्रदेश २ सरकारले फागुन २७ र २८ गते सार्वजानिक विदा दिने घोषणा गरेको प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिएका छन् ।
मिथिलामा १५ दिने मिथिला माध्यमिकी परिक्रमावासीले २६ गते जनकपुरमा आन्तरिक अन्तर गृह परिक्रमा गरिने भएकाले सोको भोलीपल्ट होली मनाउने गरेको छ । पहाडमा २६ गते नै होली मनाउनेछ भने तराई मधेशमा २७ गते र २८ गते होली मनाउने भएकाले गर्दा यहाँ २ दिन विदाको घोषणा गरेको छ ।

धेरै पढिएको

ताजा समाचार