• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

प्रदेश २ मा पूर्ण सरसफाई सम्बन्धी कार्यशाला हुने

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
फाल्गुन २०, २०७६, ५:२४ PM
0
प्रदेश २ मा पूर्ण सरसफाई सम्बन्धी कार्यशाला हुने

काठमाडौ : राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिले प्रदेश स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिसँग समन्वय गरी हरेक प्रदेशमा पूर्ण सरसफाइ सम्बन्धी कार्यशाला आयोजना गर्ने भएको छ । पूर्ण सरसफाइ मार्गदर्शनको पुनरावलोकनका बिषयमा केन्द्रमा भएका छलफललाई प्रदेश स्तरका सरोकारवालाहरुसँग व्यापक छलफल गर्न हरेक प्रदेशमा कार्यशाला गर्न लागेको हो । तर त्यो भन्दा अगाडि हरेक प्रदेशमा प्रदेश स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति गठन गर्नुपर्नेछ । आगामी एक महिना भित्र पिवाससीसी गठन गरी कार्यशाला आयोजना गरिसक्ने सम्बन्धित प्रदेशका सामाजिक विकास मन्त्रालय तथा भौतिक पूर्वाधार मन्त्रालयले प्रतिबद्धता जनाएका छन् । अहिलेसम्म प्रदेश ५ मा मात्रै भौतिक पूर्वाधार मन्त्रालयको सचिवको अध्यक्षतामा पिवाससीसी गठन गरी प्रदेशभरिका १०९ वटै स्थानीय तहको वास प्लान बनाउने काममा स्थानीय तहसँग समन्वय गरिरहेको छ । प्रदेश ५ ले प्रमुख सचिवलाई संरक्षकमा राखेको छ ।

प्रदेश तहमा आयोजना हुने कार्यशालामा सम्बन्धित प्रदेशका सबै स्थानीय तहका प्रमुखहरु, शिक्षा, स्वास्थ्य, सामाजिक विकास महाशाखाका प्रमुख र प्रदेश तथा स्थानीय तहमा कार्यरत गैरसरकारी संस्थाका प्रमुख तथा प्रनिनिधी सहभागी हुनेछन् । कार्यशालामा पूर्ण सरसफाइ सम्बन्धी राष्ट्रिय कार्यशालामा भएका छलफल उपर बृहत छलफल एवं परामर्श लिईनेछ । प्रदेश तथा स्थानीय तहका सवालहरुलाई समेत समावेश गर्नका लागि स्थानीय तहका प्रमुख तथा प्रदेशका मुख्य व्यक्तिहरुलाई सहभागी गराउन लागिएको हो ।

प्रदेशमा आएका छलफलहरुलाई अन्तिम रुप प्रदान गर्न केन्द्रमा वास विज्ञहरुसँग, नीति निर्माता एवं सम्बन्धित उच्च अधिकारीहरु सम्मिलित परामर्श बैठक आयोजना हुनेछ । त्यसपछि पूर्ण सरसफाइ निर्देशिकाको मस्यौदा निर्माण हुने खानेपानी तथा ढल व्यवस्थापन विभागका समाजशास्त्री भोजेन्द्र अर्यालले जानकारी दिनुभयो ।

पूर्ण सरसफाइ मार्गदर्शन २०७३ ले समेट्न नसकेको बिषयमा भएको राष्ट्रिय कार्यशालामा व्यापक छलफल गरिएको छ । कार्यशालामा पूर्ण सरसफाइका सूचकहरु के के हुने ? पूर्ण सरसफाइ कार्यक्रम सञ्चालन गर्दा अपनाउनुपर्ने प्रक्रिया, कार्यप्रणाली र चरण एवं पूर्ण सरसफाइ अभियानमा तीन तहको सरकारको भूमिका र बहु सरोकारवाला पक्षको बिषयमा छलफल भएको छ । राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिले आयोजना गरेको पूर्ण सरसफाइ सम्बन्धी राष्ट्रिय कार्यशालाको उदघाटन खानेपानी सचिव माधव बेल्बासेले गर्नुभयो ।

सम्बन्धित समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी
स्थानीय समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

२०७९/१०/१५
सहयोगको भरमा सामुदायिक विद्यालय
समाचार

सहयोगको भरमा सामुदायिक विद्यालय

२०७९/१०/१५
पर्यावरणका लागि आवाज उठाउने दिलिप हत्या प्रकरणमा प्रहरीलाई अदालतमा हाजिर हुन आदेश
स्थानीय समाचार

पर्यावरणका लागि आवाज उठाउने दिलिप हत्या प्रकरणमा प्रहरीलाई अदालतमा हाजिर हुन आदेश

२०७९/१०/१२

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

8 hours ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

9 hours ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

9 hours ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

9 hours ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

3 days ago
पर्यावरणका लागि आवाज उठाउने दिलिप हत्या प्रकरणमा प्रहरीलाई अदालतमा हाजिर हुन आदेश

पर्यावरणका लागि आवाज उठाउने दिलिप हत्या प्रकरणमा प्रहरीलाई अदालतमा हाजिर हुन आदेश

4 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In