मिथिला परिक्रमाको पराक्रमले होली महोत्सवसम्मको यात्रा……..

(आचार्य श्रवणकुमार)
आध्यात्मिक अभियन्ता

धनुषा,०७६ फागुन २१ गते

परापूर्वकालदेखि नै मिथिलाञ्चलको भूमी ऋषी–मुनी र साधुसन्तको लागि तपस्यास्थलको रुपमा रही आएको छ । यस पवित्र भूमीमा अष्टावक्र जस्ता सांख्योगी, राजर्षी जनक जस्ता कर्मयोगीको जन्म भएका छन् । जसले आफ्नो योग बलले अनेकौँ बुद्ध पुरुष और बुद्धत्वका पिपासु जिज्ञासुलाई आफ्नो अन्र्तपथमा हिड्न मार्गदर्शन गरेका छन् । राजर्षी जनक छोरी सिताको विवाहोत्सवको स्वयंवरमा धनुषयज्ञको बहानामा यस पवित्र भूमीमा त्यस समयका लगभग सबै ऋषी–मुनी, साधु–सन्तहरु लाई एक साथ आमन्त्रण गरि महाकुम्भ मेला लगाउनु भएका थिए । जसले गर्दा यस मिथिलाको भूमी झन्–झन् पवित्र हुदै गयो । अहिले पनि जनकपुरधामको रुपरेखा अनादी कालको आध्यात्मिक तपस्थली (आश्रम) को झल्को दिईरहेका छन् । जहाँ अनन्त ताल–तलैया, मठ–मन्दिर र राज्यको चारै तर्फ नदी–नाला आदी अनेकौ स्मृति प्रमाणको रुपमा आज पनि जिवित छन् ।
इतिहासलाई हेर्ने हो भने मिथिला राज्यको चारकिला ः पूर्वमा कोशी नदी, दक्षिण पश्चिममा गंगा नदी, उत्तर दिशामा कमला नदी र पहाडको भूभाग सम्म फैलिएको थियो । यस राज्यमा अष्टावक्र, बुद्ध, महाविर, राजर्षी जनक, कपिल, कनात, याज्ञवल्कय, गार्गी र मैत्रेय जस्ता अनेकौँ बुद्ध पुरुषहरुले आ–आफ्नो ज्ञान को ज्योती फैलाएका हुन् । जसले गर्दा बहुसँख्य मानिसहरुले आफ्नो आत्मामा विराजमान परमात्माको सक्षात दर्शन गरि सोमरस रुपी प्रसादको स्वाँद चाख्ने सौभाग्य पाएर स्वयंलाई धन–धान्य महसुस गरे । त्यही उर्जाले अहिले पनि हामी सबैलाई आ–आफ्नो जिवनमा मुक्ती र सफलताको तर्फ अगाडि बढ्नमा मद्दत पु¥याईरहेको छ । यस पवित्र भूमीलाई विश्व स्तरमा आध्यात्मिक नेतृत्व गर्नका लागि मार्गदर्शन गरिरहेका छन् ।

Students smear coloured powder at an event on February 26,2018, ahead of Holi at Rabindra Bharati University , B T Road campus.Express photo by Partha Paul.


विगतका सबै बुद्धपुरुष दृष्टा एक अर्थमा अधुरा थिए । किनभने जुरनुु, रुचनु र पच्नु सबैको सौभाग्यमा हुदैन । वहाँहरु सबैले आफ्नो भित्रका अन्नत शान्तिको खजाना प्राप्त गरि सकेका थिए, र त्यो खजानालाई आम मानव समुदायमा फैलाउन धेरै कोसिस पनि गरेका नै हुन । वहाँहरु सँग शान्तिको सन्देशलाई धेरै भन्दा धेरै जनमानस सम्म पु¥याउन भरपूर श्रोत साधनको अभाव थियो । अष्टावक्र, जनक, बुद्ध, महाबिर, कबिर जस्ता बुद्धपुरुष आफ्नो सामथ्र्यले जहाँ–जहाँसम्म जान भ्याऐ, त्यहाँ–त्यहाँसम्म आफ्नो सन्देशलाई फैलाए । सोही कारणले वहाँहरुको शान्तिको सन्देश मिथिला भूमी सम्म नै सिमित रहन पुग्यो । यसका लागि पनि वहाँहरुले अनेकौ दुःख पिडा भोग्नु प¥यो । किनकि धर्मका ठेकेदार र त्यसको दलालले कहिल्यै पनि कसैलाई आफ्नो खुट्टामा खडा हुन दिन चाहदैनन् । सदैव अरुको बैशाखी बनेर बस्न रुचाउँ छन् । त्यही बैशाखी बेचनको लागी आफ्नो खुद्रा पसल थापेर रोजी–रोटीको उपाय गर्न मैं तल्लीन हुन्छन् । तर सन्तले सदैव आत्मनिर्भरताको कुरा गर्दथे । वहाँहरु भन्नु हुन्छ,–“तिमीहरु आपनो खुट्टामा हिडन सिक, जसले गर्दा हिडनको लागी कसैको सहाराको जरुरी नपरोस, अन्तमा, मेरो पनी ।” यही अभिव्यक्तीको भिन्नताका कारण आजसम्म साधु–सन्त र धर्मका ठेकेदार तथा त्यसका दलालहरु कहिल्यै पनि एक साथ हुन पाएनन् ।
आज भन्दा पहिलाका सबै सदगुरु आफ्नो समय भन्दा अगाडि नै यस पृथ्वीमा पाईला टेकिसकेका थिए । कृष्ण पाँच हजार वर्ष पहिला, बुद्ध पच्चिस सय वर्ष पहिला र कबिर सात सय वर्ष पहिला यस धर्तीमा आइ सक्नु भएका हुन् । त्यतिबेला वहाँहरुलाई चिन्ने र बुझ्ने एकदम थोरै मानिसहरु थिए । अहिले विज्ञानले भरपूर स्रोत साधन उपलब्ध गराई दिएको छ । मानिसको चेतना मान्नु भन्दा जान्नु तर्फ अग्रसर भईरहेका छन् । अहिलेको समयमा कुनै समाधिष्ट बुद्धपुरुष सदगुरुले आफ्नो शान्तिका सन्देशलाई एक बन्द कोठामा सीमित भएर केही समयमै संसारभरि पु¥याउन सक्नु हुन्छ । त्यसैले मलाई आजको समयलाई सत्ययुगको रुपमा घोषणा गर्न अलिकति पनि संकोच हुदैन ।
सदगुरु साधकलाई आत्म रुपान्तरणका लागी विभिन्न बाहिरी र भित्र प्रयोगहरुबाट गुजार्ने गर्नु हुन्छ् । जसकारण साधक छिट्टै आफ्नो उद्देश्य हासिल गर्न सक्दछन् । यस प्रकार राजा जनकले आफ्नो सदगुरु अष्टावक्रबाट आत्मज्ञान पाएर संबोधी उपलब्ध भऐ पश्चात आफ्नै मिथिला राज्यको राजधानी यस जनकपुरधामलाई तपस्थली (आश्रम) बनाएर सोही अनुसारको संरचना निर्माण गर्नु भएका थिए । यसै शिलशिलाको एउटा आयाम मिथिला परिक्रमा पनि हो ।
राजर्षी जनकको समय अधिकाशं साधक गृहस्थ हुन्थ्यो । त्यसका लागि आफ्नो घर–परिवारमा रहेर र आफ्नो घर–परिवार छाडेर आफ्नो अन्र्तयात्रा गर्न धेरै कठिन हुन्थ्यो । यसका लागि गृहस्थ साधक आफ्नो व्यस्त दिनाचर्याबाट केही समय हप्ता, दुई हप्ता, महिना, दुई महिना र तिन महिना निकालेर आफ्नो अन्तस्थलको भित्र त्यो परमानन्दमा डुबकी लगाउन चाहन्थे । यो उनको सदगुरुको निर्देशन पनि थियो । यस क्रममा राजा जनक १५ दिनको साधना शिविर आयोजन गरी राख्नु हुन्थ्यो । जसमा आफ्नो साधकहरुलाई विभिन्न स्थान लगेर साधनाको अत्यन्त गहिराईमा पु¥याउने कोसिस गरी राख्नु हुन्थ्यो । त्यस स्थानमा नयाँ–नयाँ मानिसहरुलाई सत्यको बाटोमा हिड्नका लागि उत्पे्ररित गरी राख्नु हुन्थ्यो ।


आध्यात्मिक रुपान्तरणका लागि सदगुरु साधकलाई तिन तलबाट यात्रा गर्न लगाउँछन् । एक; शरीर, जसमा शरीरको विभिन्न अंग र त्यसबाट हुने क्रिया–प्रतिक्रिया प्रति होशपूर्ण सजगतालाई साक्षी भावले अनुभव गर्नु । दोस्रो; मन भितर चलिरहेको विभिन्न विचार माथि साक्षी भाव कायम राख्नु । तेस्रो; श्वाँस, जुन हाम्रो शरीर र मनको सेतुलाई जोडेर राखेका छन् । सदगुरु राजर्षी जनकले पनि आफ्नो यस पन्ध्र दिवसिय परिक्रमा शिविरमा साधकहरुलाई चेतनाको तिनै तलको प्रक्रियाबाट गुजार्नु हुन्थ्यो । त्यसकालागी विहानको ४ः०० बजेदेखि ७ः०० बजेको ब्रहममूर्तमा साधकलाई ‘अनापानसती योग र विपास्ना’ को ध्यान गराउनु हुन्थ्यो । जसको प्रयोगमा साधकले आफ्नो मनपर्ने आसनमा बसेर बाहिरको दुबै आँखा बन्द गरि आफ्नो भित्र र बाहिर आउने जाने गरेको श्वासलाई हेर्नुपर्ने हुन्छ । जसरी साधक श्वास प्रती सजग हुन्छ, उसको श्वास बिल्कुल स्थिर भइहाल्छ । जब श्वाँस शान्त हुन जान्छ तब आफ्नो शरीरको विभिन्न अंङ्गमा भईरहेको संवेदनालाई हेर्नुपर्ने हुन्छ । विस्तारै–विस्तारै गहन अभ्यास पछि श्वाँस र शरीर शान्त हुने बित्तिकैे मानिस आफ्नो विचारको संवेदनशिलता प्रति बिना कुनै राग र द्वेश राखी साक्षी भाँवले हेर्दा–हेर्दै आत्मज्ञान प्राप्त गरी पूर्ण विश्राम उपलब्ध हुन जान्छन् ।
यसै प्रकार सदगुरु जनकले आफ्नो साधकहरुलाई साधनाको गहिराइमा उतार्नकोलागी यान्त्रिक साधना बाहेक बाहिरी रुपले पनि अनेक प्रक्रियाबाट गुजार्नु हुन्थ्यो । जब साधक पन्ध्र दिनको परिक्रमा शिविरमा आफ्नो घरबार छोडी सन्यासी जस्तो जीवन बिताउँथे । त्यस क्रममा सबै वर्ग समुदाय साथ मिली आफ्नो अतिआवश्यक जरुरी पूरा गर्दै बाहिरी कार्यमा पनि साक्षीको साधना जारी राख्दथे । यस पन्ध्र दिनको अवधिमा एक ठाउँबाट अर्को ठाउँसम्म पैदल यात्रा गर्दथे । यात्राको क्रममा आफ्नो बाँया खुट्टा उठाउने बेला भित्र जाने श्वाँस र जमिनमा खुट्टा राख्ने बेला बाहिर निस्किने श्वाँसमा ध्यान जारी रहन्थ्यो । १५–२० मिनेटको अन्तरमा रुकेर आफुलाई साक्षी भावले हेर्दै रहनु पथ्र्यो । यो ! प्रक्रिया एक ठाउँबाट अर्को ठाउँसम्म पुग्दै जारी रहन्थ्यो । दिनभरिको यात्राबाट थकान भएको कारणले साँझमा स्नान गरि किर्तन र संगितको माध्यमले ध्यानको गहिराइमा जाने प्रयास गरिन्थ्यो अनी रात्री बिश्राममा जान्थ्यो । यही प्रक्रिया १५ दिनसम्म लगातार जारी राख्नाले साधकले आफु भित्र अदभुत परिणाम महसूस गर्दथे । १५ दिनको परिक्रमा साधना शिविर पश्चात साधक आफ्नो घर–समाजमा नै रही केही समय ध्यान र बाँकी समय आफ्नो दिनचर्याको कार्य गर्दै पनि साक्षीको साधना जारी राख्दथे । जसले गर्दा यो प्रक्रिया निरन्तरता जारी राख्नाले साधकको अनायास परम विश्रामको अवस्था उपलब्ध हुन जान्थ्यो ।
यस परम विश्रामको अवस्थालाई संबोधी, समाधी, निर्वाण र बुद्धत्व आदी जस्ता अनेकौ पार्यायवाची नामले सम्बोधन गर्ने गरिन्छ । यसपछिको अवस्थालाई प्रकट गर्नु हाम्रो शब्द र भाषा असर्मथ छन् । यो बहिरा को आँपको स्वाँद हो । यदी कुनै बहिरोलाई आँपको स्वाँद कस्तो हुन्छ ? भनेर सोध्दा हाँसेर हुँ हुँ भन्दै अरु सँग पन्छिन खोज्छन् । केही कुरा भन्न सकिदैन मात्रै अनुभव गर्न सक्छन् । आजसम्म जसले पनि त्यो अनुभवको कुरा गर्न खोजेका छन् त्यो स्वयं अल्झिसकेका छन् र अरुलाई अल्झाएर त्यस परम आनन्दको महिमालाई अझै कम गरिदिएका छन् । कसैले कुनै मनुष्य भित्रको आध्यात्मिक खाजानाको अनुभव गराउन सक्दैनन् । त्यसको लागी मानिसलाई स्वयं यात्रा गर्नु पर्दछ । असली सदगुरु मात्र मार्गदर्शक हुन सक्छन् ।
कुनै काम एक्लै गर्नुभन्दा समूहमा गर्नाले उपलब्धि सहज र सरल हुन जान्छन् । किनभने सबैजनाको यात्रा एकै दिशामा हुने हुनाले कम सामथ्र्य भएको व्यक्तिको यात्रा पनि सफल हुन जान्छ । जुन की केही मानिसको लागि एक्लै यात्रा गर्न कठिन मात्रै नभई असम्भव पनि हुन्छ । जस्तै २५–३० व्यक्तिको समूहमा नदी पार गर्न गयो भने एक दुई जना कम पौडन सक्नेले पनि सबैजनाको सहयोगले नदी पार गरिहाल्छन् । अर्को कुरा ः हामी जस्तो स्थानमा हुन्छौँ, त्यस्तै उर्जा हामीलाई आकर्षित गरिरहन्छन् । जतिसुकै पनि कामुक अशान्त व्यक्ति होस्, मन्दिर, मस्जिदमा जाने बित्तिकै केही समयको लागि भएपनि शान्ती महसूस गर्छन । त्यस्तै जतिसुकै ठुलो ब्रहमचारी साधक होस्, यदि वेश्यालय र मदिरालयको नजिकबाट जाने बेला केही समयका लागि भएपनि कामुक महसूस गर्छन । यसलाई आध्यात्मिक भाषामा आभामंडल (औरा) भनिन्छन् । बुद्धले आफ्नो दश हजार भिक्षु सँग एक साथ यात्रा गर्ने गर्दथे । जब बुद्ध दश हजार भिक्षु सँग एक साथ कुनै ठाउँ पुग्दथे त्यस ठाउँ लगायत आसपासको स्थानमा शान्तिको माहोल कायम हुन्थ्यो ।
अन्र्तगृह परिक्रमा
जसले आफ्नो दिनचर्यामा १५ दिनको समय एक साथ निकाल्न सक्दैनन् । त्यो सबैजना परिक्रमाको अन्तिम दिन जनकपुरधामको अन्र्तगृह परिक्रमामा १५ दिनको साधना शिविर पूरा गरि आएका साधकहरुसँग परिक्रमामा सहभागी भई अर्को दिन उनीहरु सँग होली खेली त्यो आनन्दको स्वाँद चाख्ने कोसिस गर्दछन् । जुन उनीहरु सबैजनाले १५ दिनको कठिन साधनाबाट हासिल गरेका हुन्छन्, केही व्यक्तिको पन्ध्र दिनको कठिन साधनाबाट उपलब्ध उपलब्धि केही व्यक्तिले एकै दिनमा उपलब्ध गर्दछन् । यसका लागि उसको पूर्वजन्मको संचित साधना र यस जन्मको विवेकपूर्ण समझदारी पूर्वकको यात्रा सहायक हुन्छ । यस अन्र्तगृह परिक्रमामा पनि ठाउँ–ठाउँमा रुकेर आफूलाई साँक्षी पूर्व हेर्ने ठाउँ बनाइएको हुन्छ । जस मध्ये केही ठाँउ आज मन्दिरको रुप लिएको छ । जुन किसिमले १५ दिनको साधना शिविरको साधक प्रति दिन गर्दथे, त्यो सबै प्रक्रिया अन्र्तगृह परिक्रमामा बिहान ध्यान पछि परिक्रमामा आफ्नो बाँया खुट्टा उठाउने बेला भित्र जाने श्वाँस र खुट्टा जमिनमा राख्ने बेला बाहिर निस्किने श्वाँसमा ध्यान जारी राख्छन् । हिड्दा–हिड्दै केही समय पछि रुक्नका लागि बनाइएको स्थानमा स्वयंलाई साक्षी भाव कायम राख्दै अन्र्तगृह परिक्रमा पुरा गरिन्छन् । साँझ किर्तन पुजा–पाठ र ध्यान र विश्राम गरि अर्को दिन सोही साधकको साथ होली मनाई आफुलाई आध्यात्मिक रुपले ताजा गर्दै साधनामा नयाँ संकल्पले जोश जाँगरको साथ पुनः प्रति दिन साधनामा जुटिन्छन् ।
होली महोत्सब
त्रेता युगमा दैत्यका राजा हिरण्यकश्यपुका भाई हिरण्याक्षले ऋषी–मुनी, साधु–सन्त र देवी देवतालाई व्यापक उपद्रब गरिरहेका थिए । जब कुनै मानिस सत्यको खोजीमा निस्किन्थे तब संसारका सबै किसिमका राक्षष उसको विरुद्धमा खडा हुन्थ्यो । तर भगवानले सदैव सत्यको पिपासुलाई मार्गदर्शनको साथै संरक्षण गरिरहन्थे । भगवान बिष्णुले बराह अवतार लिएर हिरण्याक्षको बध गरे । हिरण्यकश्यपु भगवान विष्णुलाई आफ्नो भाईको मृत्युको बदला लिन लाई भगवान शिवको तपस्यामा तल्लिन भऐ । तपस्याले मानिस कुनै पनि चिज प्राप्त गर्न सक्छन् । तर यो पनि होईन कि संसारको सबै व्यक्ति परम सत्य सम्बोधी कै लागि तपस्या गर्ने गर्छन् । प्रायः व्यक्ति संसारी क्षँणभँगुर चिज पाउनकै लागि देवीदेवताको उपाषना अराधना लगायत भगवानको तपस्या गर्ने गर्छन । जुन कि संसारी रुपले पाउन असम्भव लाग्छ । त्यसका लागि अलौकिक शक्तिका सहारा लिनका लागि पुग्छन् । तर अस्तित्वको लिला अपरम्पार छन् । मानिस आाफ्नो गहरी निष्ठा र दृढ संकल्पले जे पाउन चाहन्छन, एक न एक दिन पाइ नै हाल्छ । यदि कसैले प्रयासको बाबजुद पनी अफ्नो लक्ष्य प्राप्त गर्न नसकेको भएमा, त्यस व्यक्तिको भरपुर प्रयासमा नै कमी हुन सक्छन् । हिरण्यकश्यपुले सात वर्षको आफ्नो कठिन तपस्याले भगवान शिवबाट अमरताका बरदान प्राप्त गरे । मानिस जुन प्रयासले आफ्नो सुनौलो भाग्य निर्माण गर्न सक्छन्, दुर्भाग्यवश त्यही अहंकारले आफ्नो बिनास गर्न पुग्छन् । यो सात वर्षको कठिन साधनाले हिरण्यकश्यपु परमात्मालाई पाएर आवागमनबाट मुक्त हुन सक्थे । तर उनले आफ्नो शर्मनाक मृत्युको ढोका खोले । जब हिरण्यकश्यपु तपस्याका लागि निस्के, त्यस बेला उसको पत्नी कयाधु गर्भवती थिईन् । कयाधु दैत्यका राजा जम्भकी छोरी थिईन् । त्यो बच्चा जन्मने बित्तिकै इन्द्रले मार्न चाहन्थे । नारद कयाधुलाई बचाएर आफ्नो आश्रममा लिएर गए । जब हिरण्यकश्यपु तपस्याबाट फर्के तब उनको छोरा प्रल्हाद सात वर्षको भईसकेका थिए । प्रल्हाद आफ्नी आमाको गर्भदेखि सात वर्षको उमेर सम्म नारदको छत्रछाँयामा भगवान विष्णुको भक्तिमा हुर्के बढे र सानो उमेरमै संबोधी प्राप्त गरिसके । मनोवैज्ञानिकका अनुसार बच्चा तिन वर्षको उमेरमा ७० प्रतिशत चिज सिकिहाल्छन्, बाँकी जीवनभरिमा मात्रै ३० प्रतिशत सिक्छन् ।
आज देश र समाजमा जुन हत्या, हिंसा र बलात्कार जस्ता घटना दिनानुदिन घटिरहेका छन् । त्यसका मूल कारण पती–पत्नीको शारीरिक र मानसिक विक्षिप्त अवस्था हो । लगभग सबै दम्पती विक्षिप्त मनोदशामा बच्चा जन्माउँछन् । आज देशमा एउटा सानो भन्दा सानो पिउनको नोकरी पाउनका लागि कम्तीमा माध्यमिक स्तरसम्म शिक्षित हुनु, शारिरीक रुपले दुरुस्त हुनु, फौजदारी अभियोगबाट मुक्त हुनु आदी जस्ता अनेकौँ योग्यता आवश्यक छन् । तर बच्चा जन्माउनका लागि कुनै योग्यताको जरुरी छैन । शारीरिक र मानसिक रुपले रुग्ण बिमार व्यक्तिले धमाधम बेहोसी मंै बच्चा जन्माईरहेका छन् । यस्तो विरामी र विक्षिप्त मनोदशाका दम्पतीबाट स्वस्थ्यका साथै सभ्य नागरिकको आशा गर्नु असम्भवप्रायः छ । यति विमार र पागल दम्पतीबाट जन्मेका हत्यारा, भ्रष्टाचारी, बलात्कारी र विक्षिप्त मनोदशाका व्यक्तिका बाबजुद पनि सृष्टि चलिरहेको छ । यही हो परमात्माको अदभुत चमत्कार । अन्यथा कतिखेर यो दुनिया समाप्त भईसक्नु पर्ने थियो । मेरो भन्नुको अर्थ ः जबसम्म मानिस शारीरिक, मानसिक, आर्थिक, सामाजिक र आध्यात्मिक रुपले स्वस्थ्य हुदैन, तबसम्म मनुष्यलाई बच्चा जन्माउने अधिकार हुनु हुदैन । त्यसका लागि आवश्यक परिचय–पत्र आवश्यक छ । जुन आजको वैज्ञानिक युगमा सम्भव छ । तत्काल अहिलेको वर्तमान समस्या हत्या, हिंसा, बलतकार, भ्रष्टाचार आदी जस्ता घिनौना हर्कतको समाधानका लागि सबै बच्चालाई उनको आमा–बुवाबाट टाढा गरिदिनु पर्छ । जसले गर्दा बच्चाहरु त्यस्ता संक्रमणबाट संक्रमित हुनबाट बच्न सकोस् ।
जब हिरण्यकश्यपुले अमरताको बरदान प्राप्त गरि आफ्नो घर फर्के तब स्वयंलाई भगवान घोषणा गरिहाले । आफ्नो छोरा प्रल्हाद सँग आफु भगवान भएको साक्षी लिन खोजे । तर उनले जतिसुकै फकाए पनि प्रल्हादले भगवान विष्णु बाहेक आफ्नो बुवालाई भगवान मान्न अस्वीकार गरिनै रहे । हिरण्यकाश्यपु आफ्नो गुरु शुक्राचार्यका छोरा शंद र अमर्कलाई आफ्नो कुरा मनाउनका लागि आदेश दिए । शंद र अमर्क प्रल्हादलाई साम, दाम, दण्ड, भेदको शिक्षा दिए पनि आफ्नो कोसिसमा असफल नै रहे । हिरण्यकश्यपु आफ्नो सबै प्रयासको असफलताले अन्त्यमा प्रल्हादलाई मार्नु नै उचित सम्झे । जसका लागि नानाथरीको उपाय अपनाए । ठुलो भन्दा ठुलो पहाडबाट तल नदीमा खसाईदिने, पागल जंगली हात्तीबाट कुल्चिन लगाईदिने, विष खुवाईदिने आदी जस्ता प्रयास असफल भएपछि अन्त्यमा आगोबाट नजल्ने बरदान पाएकी आफ्नी बहिनी होलिकाको काँखमा राखेर आगोमा जलाएर खरानी गरिदिन आज्ञा दिए । “जा को राखे साइया मार सके न कोई” जसको रक्षक स्वयं दुनियाको बनाउने बाला भगवान हुन्छन्, त्यसलाई दुनिया को मान्छेले के नै गर्न सक्छन् र ? अन्ततः आगोमा होलिका स्वयं जलेर खरानी भई हालिन्, तर पनि प्रल्हाद सुरक्षित नै रहे । होलिका हाम्रो काम, क्रोध, लोभ, मोह र अहंकारको प्रतिक हो । जब साधक आफ्नो साधना रुपी आगोबाट आफ्नो काम, क्रोध, लोभ, मोह र अहंकार रुपी होलिकालाई भष्म गरिदिन्छन्, तब साधक प्रल्हाद जस्तो सम्बोधीको अवस्था प्राप्त गर्दछन् । यहाँ प्रल्हाद संबोधी, समाधी र निर्वाण अवस्थाका प्रतीक हुन ।
एउटा बहुचर्चित भनाई छ,–“बिनाश काले विपरित बुद्धि” अहंकार मानिसको बुद्धि भ्रष्ट गरिदिन्छन् । यो सबै घटनाका बाबजुद पनि हिरण्यकश्यपुलाई बुद्धि आएन र अझैँ अनेकौँ दुशचक्र रचिरहे । अन्ततः भगवान विष्णु नर्सिङ्ग अवतार लिई भगवान शिवको बरदानलाई सुरक्षित राख्दै मध्यमार्गबाट हिरण्यकश्यपुको हत्या गरे । यही असत्य माथि सत्यको विजय भएको उपलक्ष्यमा होलीको महोत्सव मनाईन्छ । जसमा एक दिन पहिले होलिका दहन गरि सबैले आ–आफ्नो राग, द्वैष र पूर्वाग्रहलाई छाडी एकआपसमा मिलीजुली विभिन्न रङ्गले होली खेलेर एकअर्काको सुस्वास्थ्य र प्रगतीको कामना गरिन्छ ।


राजर्षी जनकको समय कालमा त्यो समयका लगभग सबै सदगुरु आफ्नो शिष्यको शिक्षा समाप्त भएपछि उसको अन्तिम परीक्षाका लागि सदगुरु जनक कहाँ पठाउँथे । यसैक्रममा भगवान राम आफ्नो गुरु वशिष्टको आज्ञानुसार भाइहरु सँग विवाह भन्दा पूर्व नै मिथिला भूमी जनकपुरधाम आएर यस विराट पन्ध्र दिवसिय परिक्रमा साधना शिविरमा एक साधकको रुपमा सहभागी भएका थिए, जसको नेतृत्व सदगुरु राजर्षी जनक स्वयंले गर्नु भएका थिए । तर, भगवान राम आफ्नो कठोर तपस्या, गहिरो संकल्प र लगनशीलताले साधना शिविरको बीचमै कन्चनवनमा बुद्धत्व प्राप्त गरिसकेका थिए । सोही कारण, भगवान रामका साथै सबै साधकले कन्चनवनमा नै होली पर्व भन्दा अगाडि नै होली महोत्सव मनाएका थिए । आज पनि मिथिलावासीले परिक्रमा समाप्त हुनुभन्दा अगाडि नै कन्चनवनमा होली महोत्सव मनाएर भगवान रामको संबोधी दिवस मनाउने गर्दछन् ।
परिक्रमा साधना र होली समाधीको अवस्था हो । बाहिरी होलीको रङ्ग केही क्षणका लागि मात्र रहन्छ । तर भित्रको होलीको रङ्ग मानिस सँग जीवन उपरान्त सधै रहिरहन्छ । होलीमा रातो, सेतो, पहेँलो, हरियो, निलो आदी रङ्ग प्रयोग गरिन्छ । रातो साहसको, सेतो पवित्रताको, पहेँलो आनन्दको, हरियो पे्रमको र निलोलाई शान्तिको प्रतिक मानिन्छ । जसलाई आफ्नो भित्रको परमात्मा सँग होली खेल्ने शौभाग्य प्राप्त भईसकेको छ, त्यसका लागि कुनै खास दिनको पर्खाई हुदैन । त्यसको जिन्दगीको प्रत्येक एक क्षण होली हुन्छ । जतिखेर फुर्सद हुन्छ केही क्षणका लागि आँखा बन्द गरि आफ्नो भित्रको दिव्य आलोकमा डुबकी लगाई रहन्छन् । त्यो व्यक्ति सदैव पवित्रता, साहस, पे्रम, आनन्द र शान्तिमा बहिरहन्छन् । प्राचिनकालमा यही सन्देश कथाको माध्यमले जनमानसमा प्रसारित गर्ने प्रयास गरिएको हो ।
युगौँ–युग पश्चात समय बदलियो, स्थिती बदलियो, परस्थिती बदलियो, बोल्ने व्यक्ति बदलियो, बोलने भाषा बदलियो र सुन्ने व्यक्ति बदलियो । यति परिवर्तनका बाबजूद पवित्र आत्म रुपान्तरणको पन्ध्र दिने मिथिला माध्यमिकी परिक्रमा साधना शिविर अबुझ धर्मका ठेकेदार र उसको दलालको हातमा परेर विकृत भई आफ्नो मौलिकता समेत समाप्त गरिसकेका छन् । कर्मकाण्ड, रितिरिवाज, परम्परा बनि संसारको तुच्छ चिज माँग्ने भिखारीको भिख माग्ने अड्डा बनि सीमित भएको छ । जसको पुर्नजागरण र उजागर गर्नका लागि तपाई हामी सबैको योगदान अतिआवश्यक छ ।
अन्त्यमा यहाँहरु सबैप्रति म धेरै नै आभारी छु, यहाँहरुले अहिलेसम्म मलाई पढेर साथ दिनुभएकोमा । म परमात्मासँग प्रार्थना गर्दछु कि, तपाईको जीवनको हरेक एक क्षणमा यश, ऐश्वर्य, उन्नति, आदर्श, कीर्ति, विकास, सुख, समृद्धि, बैभव, स्वास्थ्य, प्रसिद्धि एवं अपार सुख र खुशीका साथ आजीवन आफ्नो जीवन पथमा गतिमान कायम राख्दै मिथिला माध्यमिकी परिक्रमाको पराक्रमले होली महोत्सवसम्मको यात्रा पूरा गर्ने शौभाग्य प्राप्त होस् । यही कामनाका साथ महान पर्व होलीको धेरै–धेरै शुभकामना र अनगिनित बधाईया …….. । धन्यवाद ! मेरो प्रणाम स्वीकार गर्नुहोस् ।
नोट ः लेखक “जिवन दर्शन” आध्यात्मिक जन–जागरण अभियानको आध्यात्मिक
अभियन्ता हुन् ।E-mail: [email protected]

धेरै पढिएको

ताजा समाचार