जीपभित्रै युवती बलात्कृत

धनुषा,०७६ फागुन २२ गते

२१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा कैलालीको बर्दगोरीया गाउँपालिका- २,  सडकपुर बौनिया बस्ने २९ वर्षीय दिलबहादुर चौधरीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

चौधरीले ती महिलालाई जानकी गाउँपालिका- ४ मनुवाबाट बा. १० च १८३९ नम्बरको जीपमा राखी झबही भन्ने स्थानमा लगेर जीपभित्र जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जोशीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

धेरै पढिएको

ताजा समाचार