द्धन्द्धपिडितकै वलिदानीले लोकतन्त्र स्थापना :मुख्यमन्त्रि राउतको भनाई


धनुषा,०७६ फागुन २२ गते ।
प्रदेश २ का मुख्यमन्त्रि लालवावु राउतले लोकतन्त्रको स्थापनामा सहिद,वेपत्ता र द्धन्द्धपिडित परिवारको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ ।
बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग पुल्चोकले फागुन २२ गते जनकपुरमा आयोजना गरेको पीडित तथा सरोकारवालासंग प्रदेशस्तरिय अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्रि राउतले राज्यले पीडितलाई न्याय दिलाउन र क्षतिपूर्ति दिलाउन प्रयासरत रहेको बताउनुभयो ।
युद्धकै भरमा देशमा संघिय लोकतान्त्रिक गणतान्त्रिक देश नेपाल हुन सफल भएकाले पिडितहरुको न्यायको लागि प्रदेश २ सरकारले समेत सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले द्धन्द्धकालिन समस्याको समाधान गर्न स्थानिय सरकारले पहलकदमी लिने बताउनुभएको छ । स्थानिय सरकारसमेत पिडितहरुको अवस्था सुधार र क्षमता अभिवृद्धिका लागि तालिम, गोष्ठि गर्ने र पिडितहरुलाई केन्द्रिय सरकारमार्फत क्षतिपूर्ति दिलाउन पहल गर्ने प्रतिवद्र्धता जाहेर गर्नुभएको छ ।


धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले धनुषामा अहिलेसम्म १९२ जना पिडित परिवारको लागि धनुषामा आएकार राहतमध्ये १९१ जनाले राहत पाएको बताउनुभयो । एक जना पिडितको नजिकको हकदार नभेटाएकाले गर्दा उहाँले पिडित परिवारले पाउनुपर्ने रकम अहिले पनि जिल्ला प्रशासन कार्यालयमै रहेको बताउनुभयो । उहाँले द्धन्द्धपिडितको सवालमा जिल्ला प्रशासन कार्यालय र तत्कालिन शान्ति समितिले सिफारिस गरेका घटनाबारे अध्ययन गरेको र अझै केही पिडित परिवारले राहत पाउन नसकेकाले गर्दा उहाँहरुको समेत वास्तविकता बुझेर राहत दिलाउन पहल गर्ने बताउनुभएको छ ।
आयोगका अध्यक्ष युवराज सुवेदीले देशभर अहिले पनि विभिन्न घटनाका पिडितहरुको बारेमा छानविन आयोगले आफनो अनुसन्धान गरि रहेकाले गर्दा अव चाँडै राहतको लागि नेपाल सरकारलाई सिफारिस गर्ने बताउनुभयो । उहाँले भन्नुभयो आयोगमा लाखौ पिडितको संख्या भएपनि हामीले अध्ययन गरेर सरकारलाई बुझाउने तयारीमा रहेको बताउनुभयो ।

धेरै पढिएको

ताजा समाचार