महिलाअधिकारकर्मीहरुले मनाए होली


धनुषा, ०७६ फागुन २३ गते ।
जनकपुरधाममा महिला मानवअधिकारकर्मीहरुले होली मनाएका छन् । प्रदेश २ का अर्थमामिला तथा योजना राज्यमन्त्रि उषा यादवको प्रमुख आतिथ्यतामा होली समारोह मनाएका छन् ।
महिला मानवअधिकार रक्षक संजाल धनुषाका अध्यक्ष शिला झाको अध्यक्षतामा आयोजित संवाद कार्यक्रममा उपस्थित महिला मानवअधिकारकर्मीहरुले एक आपसमा रंग,अविर लगाएर होली मनाएका छन् ।

होली समारोहमा ओरेक नेपाल, जानकी महिला जागरण समाज, महिला मानवअधिकार रक्षक संजाल, एमनेष्टी इन्टरनेशनल समुह –४६लगायत दर्जनौ सामाजिक संघ संस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।


सहभागिहरुले एक आपसमा अविर लगाएर मित्रताको पर्व होली मनाएको ओरेक नेपालका धनुषा प्रमुख रोजलिन सिंह बछारले बताइन् ।

धेरै पढिएको

ताजा समाचार