बारहविग्हामा वृहत्तरको मोबाइल शौचालय


धनुषा, ०७६ फागुन २६ गते ।
वृहत्तर जनकपुर क्षेत्र विकास परिषदले १५ दिने मिथिला माध्यमिकी परिक्रमामा सहभागि श्रद्धालुभक्तजनहरुको सुविधाको लागि निःशुल्क भोजन, खानेपानीको साथै मोबाइल शौचालयको प्रबन्ध गरेका छन् । ऐतिहासिक रंगभुमि मैदान बारहविग्हामा रहेका यात्रीहरुको लागि निःशुल्क भोजन र खानेपानीको प्रबन्ध गरेको वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले जनाएको छ ।
१५ दिवसीय परिक्रमाको विश्रामस्थलहरुमा पनि वृहत्तरले निःशुल्क भोजन, खानेपानी र घुम्ती शौचालयको व्यवस्था गरेको थियो । वृहत्तरले परिक्रमा यात्रीको लागि आधुनिक मोबाइल शौचालयको भने पहिलो पटक व्यवस्था गरेको छ ।
बृहतरका कार्यकारी निर्देशक बलराम ठाकुरका अनुसार यसअघि परिक्रमा यात्रीको लागि शौचालयको अस्थाई प्रबन्ध गरे पनि प्रभावकारी बन्न नसकोले गर्दा यस पटक मोवाइल शौचालयको व्यवस्थापन गरेको बताए । यस वर्ष बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले २ वटा आफ्नै आधुनिक मोबाइल शौचालय संचालनमा ल्याएर सेवा सुविधा परिणाममुखि देखिएको कार्यकारी निर्देशक ठाकुरले बताए ।
रंगभूमि मैदान बारहविग्हामा यात्रीको चाप बढी भएकोले थप १५ वटा मोबाइल शौचालय संचालन गरिएको तुलनात्मक रुपमा शौचालय सम्बन्धि समस्या पूर्ण रुपले समाधान भएको दावी वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले गरेको छ ।

धेरै पढिएको

ताजा समाचार