
धनुषा,०७६ फागुन २६ गते
जिल्ला अदालत धनुषाबाट विगो मुद्दामा ६ महिना कैद सजाय पाएका फरार अपराधीलाई प्रहरीले पक्राउ गरेको छ । धनुषाको लक्ष्मिनिया गाउपालिका वडा नं. २ वस्ने देवो देवि दास तत्मा विगो मुद्दामा धनुषा जिल्ला अदालतबाट ६ महिनाको कैद सजाय पाएका थिए ।
अदालतले ६ महिना कैद सजाय सुनाएलगतै फरार रहेको तत्मालाई प्रहरीको टोलीले घरबाटै पक्राउ गरेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी इन्स्पेक्टर पप्पु नायकले जानकारी दिएका छन् । पक्राउ परेको तत्मालाई फागुन २५ गते पक्राउ गरि जिल्ला अदालत धनुषामा पेश गरेको जनाइएको छ ।