१७ वर्षपछि ज्यान मुद्दाका आरोपित पक्राउ


सिरहा,०७६ फागुन २६ गते ।
सिरहा प्रहरीले १७ वर्ष पहिले हत्या मुद्दामा अदालतबाट कैद सजाय पाएका ५५ वर्षीय भोला यादवलाई पक्राउ गरेको छ । यादवविरुद्ध कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत सिरहाले २०५९ साल बैशाख २ गते २० वर्ष कैद सजायको फैसला आदेश गरेलगतै फरार यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
सिरहा साबिक खरुकियाहि गा.वि.स. वडा न. ५ हाल महेशपुर पतार गा.पा. वडा नं.५ खरुकियाहि बस्ने वर्ष ५५ को भोला यादवलाई आज विहान ३ बजे इलाका प्रहरी कार्यालय महेशपुर पतार सिरहाको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

धेरै पढिएको

ताजा समाचार