७३ वर्षीय वृद्धले दुई हप्तामा ५ पटक बलात्कार गरेको रहस्य सार्वजानिक


बारा, ०७६ फागुन २७ गते ।
बाराको निजगढ नगरपालिका–१० बस्ने ७३ वर्षीय वृद्धले एक १४ वर्षीय बालिकालाई धाकधम्की देखाउँदै पटक पटक बलात्कार गर्दै आएको रहस्य खुलेको छ । १४ वर्षीया बालिका मकैबारीमा घाँस काट्न गएको वेलामा ७३ वर्षीय वृद्धले बलात्कार गरेपछि बालिकाको गुप्तांगको भित्री भागमा चोट लागेको थियो । बालिकालाई दुई हप्तामा ५ पटक बलात्कार गरेको पिडित बालिकाले जनाएको छ ।
जवरजस्ती बलात्कार गरेपछि गुप्तांगमा चोट लागेर बालिकालाई पिसाब फेर्न असहज भएपछि बालिकाले घटना बाहिर ल्याएकी हुन् । घटना फागुन २१ गते नै भएको भएपनि गाउँमै घटनालाई मिलाउने प्रयास गरिएको थियो । गाउँमै घटना मिलाउने प्रयास गरेकाले गर्दा घटना आइतबार साँझ मात्र प्रहरीलाई जानकारी दिइएको छ ।
पिडित बालिकाको स्वास्थ्य परिक्षण फागुन २५ गते चन्द्रपुर अस्पतालमा गरिएको छ । घटनाबारे अनुसन्धान भई रहेको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।

धेरै पढिएको

ताजा समाचार