
सिरहा, ०७६ फागुन २७ गते ।
सिरहा प्रहरीले मंगलवार साँझ कटुवा पेस्तोलसहित सिरहा नगरपालिका २१ मलहनिया बस्ने २२ वर्षीय प्रदीपकुमार साहलाई पक्राउ गरेका छन् । सिरहाको प्रहरी चौकी लगडिगोठबाट खटेको प्रहरीको गस्ती टोलीले मोटरसाइलमा सवार साहलाई शंका लागेर चेकजाँच गर्दा हतियारसहित पक्राउ गरेको सिरहा प्रहरीले जनाएको छ ।
साहको साथबाट एक थान कटुवा पेस्तोल र एक थान गोली बरामद भएको सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिएका छन् । पक्राउ परेका साहलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा पठाइएको छ ।