
धनुषा, ०७६ फागुन २८ गते ।
रंग अविर लगाएर आपसी प्रेम र सद्भाव दर्साउने मिथिलाञ्चलको महान पर्व पर्व होली जनकपुरसहित तराई मधेश क्षेत्रमा बुधवार मनाइदैछ । १५ दिने मिथिला माध्यमिकी परिक्रममा सम्पन्न भएको भोली पल्ट मनाइदै आएको होली तराई मधेशमा बुधवार खेलिदैछ । जनकपुरमा बुधवार विहानैदेखि चारैतिर होलीको माहौल छ ।
माछमासु पसलमा बुधवार विहानैदेखि भिडभाड देखिएको छ । होलीको अवसरमा पेयपदार्थको विक्रीमा समेत वृद्धि भएको छ । होली पर्व मनाउन जनकपुरको विभिन्न ठाउँमा युवाहरुले मटकाफोर कार्यक्रमको समेत आयोजना गरेको छ ।
होली पर्व मनाउन प्रदेश २ सरकारले आज पनि विदा दिएको छ । प्रदेश सरकारले मंगलबार र बुधबार होली पर्वको अवसरमा विदा घोषणा गरेको थियो । हिमाल तथा पहाडी क्षेत्रमा भने फागु पुर्णिामाकैै दिन सोमबार नै होली मनाइएको थियो ।