
धनुषा, ०७६ फागुन ३० गते ।
धनुषामा अखाद्य पदार्थ घरेलु मदिराको सेवनले ५ जनाको मृत्यु भएको छ । होलि पर्वको अवसरमा धनुषाको क्षिरेश्वरनाथ नपा –२ रमदैयामा अखाद्य पदार्थ घरेलु मदिरा सेवनले गर्दा फागुन २८ गते दिउँसो ३ जनाको र फागुन २९ गते राति २ जनाको गरि ५ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी इन्स्पेक्टर पप्पु नायकले जानकारी दिएका छन् ।
मृत्युहुनेहरुको विस्तृत विवरण आउन बाँकी छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।