
धनुषा, ०७६ फागुन ३० गते ।
जिल्ला प्रशासन कार्यालय धनुषाको परिसरमा प्रभु बैकको ५३ औं एक्सटेन्सनको उदघाटन गरिएको छ । प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले एक कार्यक्रमका विच प्रशासन कार्यालय परिसरमा सेवाग्राहीहरुलाई सहजताको लागि प्रभु बैंकको सहयोगमा एक्सटेन्सन शाखाको स्थापना गराएका हुन् । प्रभु बैंकका प्रदेश २ निर्देशक मन्त्रीलाल गुप्ताले प्रभु बैंक नेपाल राष्ट्र बैंकबाट क वर्गमा मान्यता प्राप्त गरेको ५ वर्षभित्रमा देशभर २०८ शाखा संचालनमा ल्याएको बताएका छन् । प्रभु बैंकले ५३ ठाउँमा एक्सटेन्सनमार्फत सेवा दिई रहेकोमा सरकारी कार्यालयमा मात्रै ३३ स्थानमा एक्सटेन्सनमार्फत सेवा दिदै आएको बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रदिप राज कणेलले सिडियो कार्यालयमै एक्सटेन्सनको स्थापनाले गर्दा आर्थिक कारोवार गर्न कार्यालयलाई समेत सहजता हुनेछ । कार्यालयमा सेवा लिन आउनुहुने सेवाग्राहीलाई थोरै भएपनि सहज आर्थिक कारोवारमा सहजता हुनेछ ।
सिडियो कार्यालयमार्फत चाँडै वितरण हुने भनिएको राष्ट्रिय परिचयपत्रको लागि समेत कार्यालय भित्र नै भवन निमार्णको काम भई रहेको बताए ।
प्रमुख जिल्ला अधिकारी कणलले भने अहिले जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपी लिन निकै गाह्रो भई रहेको छ । पुराना फाइल रेकर्ड खोज्न समस्या भई रहेकाले गर्दा हालको कार्यालय भवनको पछाडि वैज्ञानिकमैत्री तरिकाले भवन निमार्ण गरि पुराना रेकर्ड व्यवस्थित गर्न भवन निमार्णको काम भई रहेको छ । यसै आर्थिक वर्षमा प्रतिलिपि नागरिकता लिने भवनको समेत तयारी पुरा हुने बताए ।