
धनुषा, ०७६ चैत्र २ गते ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ स्थित कुम्हार कुटि चैत्र १ गते राति अज्ञात समुहले दुई मोटरसाइकलमा आगजनि गरेको छ । घर अगाडि रोकि राखेको प्रदेश ०२–०२–००१ प ५२४२ नम्बरको एफजेड मोडेलको मोटरसाईकलमा आगजनी गरिएको घरधनी पप्पु साहले जानकारी दिनुभयो ।
राती १ बजे मोटरसाईकलमा आगजनी गरेको घरधनीले बताउनुभयोा । मोटरसाइकल आगजनिले क्षतिग्रस्त भएका छन् । प्रहरीले मोटरसाइकलमा आगजनी गर्ने समुहको खोजीमा लागेको बताएको छ ।