प्रधानमन्त्रि ओली पुनः अस्पताल भर्ना

काठमाण्डौं, ०७६ चैत्र २ गते ।

मिर्गाैला प्रत्यारोपणको क्रममा पेटभित्र राखिएको स्टेन्ट निकाल्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्रिवि शिक्षण अस्पताल लगिएको छ । आज उनको नियमित स्वास्थ्य परीक्षणसमेत हुने त्रिवि शिक्षण अस्पतालका निर्देशक प्रेमकृष्ण खड्काले बताए ।

प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीको स्टेन्ट निकालेपछि आइतबार नै बालुवाटर फर्किनेछन् । प्रधानमन्त्री ओली गएको शुक्रबार अस्पतालबाट ‘डिस्चार्ज’ भएर बालुवाटार फर्किएका हुन् । फागुन २१ गते मिर्गौला प्रत्यारोपण भएको थियो ।

साँझ ५ बजे सार्क राष्ट्रबीच हुने भिडियो कन्फरेन्समा प्रधानमन्त्री सहभागी हुने बताइएको छ ।

धेरै पढिएको

ताजा समाचार