रक्सी सेवनले मृतक परिवार प्रदेश सरकारले ३ लाख राहत दिने


धनुषा, ०७६ चैत्र ३ गते ।
प्रदेश २ का मुख्यमन्त्रि लालवावु राउत र आन्तरिक मामिला तथा कानुनमन्त्रि ज्ञानेन्द्र यादव धनुषाको क्षिरेश्वरनाथ नपा २ रमदैयामा रक्सी सेवनले मृत्यु भएका परिवालाई ३÷३ लाख रुपैया राहत दिने घोषणा गरेका छन् ।
स्थानिय तह र प्रहरी प्रशासनले वास्तवमै मदिरा सेवनवाट मृत्यु भएकाहरुको लागि तयार गरेको प्रतिवेदनको आधारमा प्रदेश सरकारले सो राहत सहयोग उपलब्ध गराउने प्रदेश सरकारका प्रवतmा मन्त्री यादवले जानकारी दिएका छन् ।
रमदैयाको पिडा देखेर दुःखी भएका मुख्यमन्त्री राउत प्रदेश २ लाई मदिरा मुतm बनाउने अभियान समेत सञ्चालन गर्ने बताए । मुख्यमन्त्री राउत प्रदेश प्रहरी प्रमुख, आन्तिरक मामिला तथा कानुन मन्त्री सहित सुरक्षा निकायका प्रमुखहरुलाई आजै जनकपुरधाम बोलाएर छलफल गर्ने स्रोतले जनाएको छ ।
प्रहरीको उपस्थितीमै खुल्ला मदिराको उत्पादन र विक्रि वितरण कसरी भइरहेको छ भने बारेमा मुख्यमन्त्रीले प्रश्न गर्ने छ । प्रदेशसभाको बैठकमा विपक्षीदलहरुले प्रहरीले पैसा खाएर खुल्ला मदिरा व्यवसायीहरुलाई प्रोत्साहन गरेको आरोप लगाउदै आएका छन् । बैठक पछि प्रदेश सरकारले तत्कालै कुनै कदम चाल्ने पनि बुझिएको छ ।

धेरै पढिएको

ताजा समाचार