
काठमाण्डौ, ०७६ चैत्र ५ गते । विश्वभर तीव्र रूपमा फैलिरहेको कोरोना (कोभिड–१९) भाइरसको सङ्क्रमण नेपालमा फैलिन नदिन सचेतनासहितका विभिन्न १५ बुँदे निर्णय गर्दै सरकारले आवश्यक कामबाहेक घर बहिर ननिस्कन आग्रह गरेको छ ।

उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले चैत ५ गते विभिन्न १५ ओटा निर्णय गर्दै अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन आग्रह गरेको हो ।
सरकारले मानिसहरुको बढी जमघट हुने क्षेत्रहरुमा रोक लगाउने निर्णय समेत गरेको छ ।
कोरोना भाइरसको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले सिनेमा हल, खेलस्थल, जिम, डान्स बार तथा क्लब बन्द गर्ने निर्णय गरेको छ ।
‘सिनेमा हल, सांस्कृतिक केन्द्रहरू, रङ्गशाला, खेलस्थल, जिम, हेल्थ क्लब, म्युजियम, स्वीमिङ पुल, मनोरञ्जन स्थान, डान्स बार तथा क्लब आदिलाई ३० अप्रिल २०२० सम्म बन्द गर्ने’ निर्णय गरेको हो ।
यसको अनुगमन गृह मन्त्रालय, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सञ्चार तथा सूचना मन्त्रालयले गर्ने बैठकले निर्णय गरेको छ ।
सरकारले गरेका निर्णयको पालना भए नभएकोबारे प्रदेश र स्थानीय तहले अनुगमन गर्ने बताइएको छ ।
सार्वजनिक यातायातलाई सिट क्षमता भन्दा बढी यात्रु नराख्न र यात्रुहरुलाई पनि बढी भिडभाड गरी यात्रा नगर्न समेत सरकारले आग्रह गरेको छ ।
सरकारले गरेको १५ बुँदे निर्णय

