सडकको धुलोको कहरमा कचुरीबासि


धनुषा, ०७६ चैत ६ गते
निमार्णाधिन जनकपुर– धनुषाधाम सडकखण्ड समयमा नबनेपछि सडकको धुलोले स्वास्थ्यमा समस्या परेको स्थानिय राजेश यादवले गुनासो गर्नुभएको छ । मिथिला बिहारी नगरपालिका ८ कचुरीमा स्थानीयवासिन्दा तथा व्यापारीहरुले चक्काजाम गर्दै विरोध प्रदर्शन गरेका छन् । सडक जीर्ण भएर धुलो उडेर घरआंगनदेखि पसलहरुमा धुलो नै धुलो परेर स्वास्थ्यमा समस्या परेको स्थानिय राजेश यादवले गुनासो गर्नुभयो ।
सडकको धुलोले गर्दा छाती दुखेको, रुघाखोकीको साथै श्वास प्रश्वासमा समस्या भएको कजरा रमौलका उमेश मण्डलले बताउनुभयो । उहाँका अनुसार आफुहरुले सडकको धुलो नियन्त्रण गर्न दुई महिनादेखि मिथिला बिहारी नगरपालिकाका प्रमुख अनिल यादवलाई पटक पटक गुनासो गर्दा समेत कुनै बास्ता नगरेको मिथिलाविहारी नपा ८ का वडाध्यक्ष जिवछ यादवले बताउनुभयो ।
चैत्र ६ गते ४ घण्टासम्म सडक अवरुद्ध गर्दै विरोध प्रदर्शन गर्दै समयमै सडक निमार्णका लागि पहल गर्न नगरपालिका प्रमुख, सडक विभाग जनकपुरलाइ ध्यानाकर्षण गराएका छन् ।
दिपेन्द्रप्रसाद सिंह

धेरै पढिएको

ताजा समाचार