प्रदेश २ को सदन अनिश्चितकालका लागि स्थगित,यस्तो भित्री कारण


धनुषा, ०७६ चैत्र ७ गते ।
प्रदेश २ को सदनमा कारोना भाइरसको संक्रमण फैलि रहेको भन्दै उच्च सतकर्ता अपनाउन भन्दै जारी रहेको हिउँदे अधिवेशन ०७६ चैत ६ गते मध्यरातबाट अनिश्चित कालसम्म स्थगित भएको छ ।
प्रदेश सरकारको सिफारिसमा सभामुख सरोजकुमार यादवले ०७६ चैत ६ गते मध्यरातबाट अर्को सुचना जारी नहुञ्जेलसम्म अधिवेशन स्थगित गरिएको घोषणा गर्नुभएको छ ।
प्रदेश २ को फागुन ३० गतेदेखि निरन्तर बसेको हिउँदे अधिवेशनमा प्रदेशको नाम र राजधानी तय गर्ने विषयमा मतदान भएको थियो । मतदानबाट प्रदेशसभामा दर्ता भएका ४ वटा नाममा दुई तिहाई बहुमत नपुगेपछि चैत्र ६ गते बसेको बैठकले प्रदेश २ सरकारले गत वर्षको बाँकी उपभोक्ता समितिको भुक्तानी गर्ने विषयमा सदनमा बहस गरिएको छ ।
दिपेन्द्रप्रसाद सिंह

धेरै पढिएको

ताजा समाचार