
धनुषा, चैत्र ८ गते ।
असहाय संरक्षण मंच जनकपुरका अध्यक्ष समाजसेवी बैद्यनाथ साहले अशक्त ६२ वर्षीया ज्येष्ठ नागरिक कमोधिया देवी सदापरिवारालाई खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेका छन् ।
शनिवार विहान सदा परिवारको घरमै पुगेर चामल, दाल, आलु, तेल, नुनको साथै साडी प्रदान गरेका छन् । खाना पकाउनका लागि एक क्विन्टल दाउरा समाजसेवी धर्मेन्द्र साहले प्रदान गरेका छन् ।
यसअघि क्षिरेश्वरनाथ डटकमकमा प्रकाशित समाचार पढेर समाजसेवी वैद्यनाथ साहले पत्रिकाका सम्पादक दिपेन्द्रप्रसाद सिंहलाई सम्पर्क गरि असहाय परिवारको घर पुगेर सहयोग गरेका हुन् ।

जनकपुरधाम उपमहानगरपालिका –२५ बस्ने ६२ वर्षीया ज्येष्ठ नागरिक कमधीया देवी सदा र ६३ वर्षीय पति ठकवा सदाको अवस्था निकै नाजुक रहेको छ । सदा परिवारका छोरा छोरी नभएकाले गर्दा घरमा वृद्ध कमोधिया देवीको अशक्त भएकाले रेखदेख र हेरचाह गर्ने कोही नभएर निकै समस्या भई रहेको उनका पति ६३ वर्षीय ठकवा सदाले बताए ।

६२ वर्षीया श्रीमती कमधीया देवी सदा १० वर्षदेखि विरामी भई अढाई वर्षदेखि हिड्डुल समेत गर्न नसक्ने अवस्थामा रहेकाले गर्दा घरपरिवार चलाउन निकै समस्या भई रहेको ठकवा सदाले बताए ।
श्रीमतीलाई एक्लै उचालेर हिड्डुल, उठबसको साथै सरसफाई गरि राख्न समेत निकै समस्या भई रहेकाले ह्वील चेयरको साथै आर्थिक सहयोगका लागि अपिल गरेका छन् ।
दिपेन्द्रप्रसाद सिंह
