महिला एवम् बालबालिकाको पहलमा ६६ औं हप्ता सरसफाई


धनुषा, ०७६ चैत्र ८ गते ।
जनकपुरमा प्रत्येक सप्ताहको शनिवार महिला एवंम् बालबालिकाको पहलमा ६६ औ हप्ता सरसफाइलाई निरन्तरता दिएको छ ।

युवा अभियान्ता रुवि झा र दिपक दिपक चौधरीको नेतृत्वमा हुदै आएको सरसफाई अभियानअन्र्तगत प्रत्येक शनिवार रेलवे ट्रैक सरसफाई गरिदै आएको छ ।


अभियानको क्रममा चैत्र ८ गते ६६ हप्ता सिताचोकस्थित रेल्वे ट्रैक तथा चोक सरसफाई गरेका छन् । सरसफाई कार्यक्रममा युवा अभियानीहरु राहुल झा, राजवीर यादव, मुकेश झा, रवि मंडल, अदित्या ठाकुर, सूरज झाको सहभागिता रहेको थियो ।

सरसफाइमा भारतीय बिहारको सरसफाइ अभियानी किशन ठाकुर, ECG फाउंडेशनके दिपु ठाकुर, बद्रीनाथ झा, एवं जनकपुर रेलवे ट्रैक साप्ताहिक सरसफाई अभियानका अभियन्ताहरुको उपस्थिती रहेको संयोजक रुवि झाले जानकारी दिएकी छिन् ।

धेरै पढिएको

ताजा समाचार