
धनुषा, ०७६ चैत १३ गते ।
धनुषाको शहिदनगर नगरपालिकामा फागुन २७ गते दिउँसै लभरसंग मिलेर पतिको हत्या गर्ने श्रीमतीसहित उनका लभरलाई धनुषा प्रहरीले पक्राउ गरि सार्वजानिक गरेको छ । धनुषाको शहिदनगर नगरपालिका वडा नम्बर ३ का ६० वर्षिय राजकिशोर मण्डलकी श्रीमती कौशिलादेवी र उनका प्रेमी सोही नगरपालिका वडा नम्बर ७ बस्ने अन्दाजी २७ वर्षीय राकेशकुमार पक्राउ परेका हुन् । शहिदनगरको डिहवारस्थित आफ्नै घरको कोठामा सुतिरहेका राजकिशोरमाथि कंक्रिट प्रहार गरेर पत्नी कौशिलादेवी प्रेमी राकेशसंग मिलेर टाउकोमा पथ्थर प्रहार गरि हत्या गरेको प्रहरीले दावि गरेको छ ।
कोशिलादेवी र राकेशबीच टेलिफोनमा भएको संवादको अधारमा उनीहरुले हत्या गरेको प्रहरीले दावि गर्दै प्रमाण जुटाएका छन् । राजकिशोरलाई राती खानामा नसालु ट्याव्लेट मिसाएर खुवाइएको र नसामा मातेर सुतिरहेको अवस्थामा कौशिलादेवीले राकेशलाई घरमा बोलाएर दुवैजना मिलेर कंक्रिट प्रहार गरी हत्या गरेको प्रहरी समक्ष वयान गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रामेश्वर कार्कीले जानकारी दिए ।
राजकिशोको निधारमा पटक–पटक प्रहार गरी विभत्स तरिकाले हत्या गरेको पोस्टर्माटम रिर्पोटमा उल्लेख छ । हत्या आरोपित दुवै जनामाथि कर्तव्य ज्यान मुद्दा दर्ता भई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।