
धनुषा, ०७६ चैत १३ गते ।
नेपाल सरकारले चैत ११ गतेदेखि १८ गतेसम्म देशभर ‘लक डाउन’ गरेको अवस्थामा चर्को मुल्यमा सरसमान बेच्नेविरुद्ध धनुषा प्रहरी एक्सनमा उत्रेका छन् ।
प्रहरीले लक डाउनको मौकाछोपी सेवाग्राहीसंग चर्को मुल्यमा आलु प्याज बेच्ने ३ जनालाई बुधवार साँझ पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम वडा नम्बर ४ वस्ने प्रदिप अग्रवाल, जनकपुरधाम वडा नम्बर ४ बस्ने अंकित साह र जनकपुरधाम वडा नम्बर ४ वस्ने बिकाश कुमार साह रहेका छन् ।
बजार अनुगमनको क्रममा विभिन्न चोकमा संचालनमा रहेका पसलहरुमा छापा मार्दा उपभोक्तालाई बढी मूल्यमा आलु र प्याज बेचेको पाइएपछि उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रामेश्वर काकीले जानकारी दिएका छन् ।
पक्राउ गरिएका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखेर कालो बजारीकरणविरुद्धमा मुददा चलाइने भएको छ ।