
धनुषा, ०७६ चैत १३ गते ।
जनकपुरमा रातारात धनी हुने लोभी ११ जना कालो बजारीकरण गर्ने व्यापारीलाई प्रहरीले गिरफतार गरेको छ । ग्याँस, आलु, प्याज र रिचार्ज कार्ड समेतको कालोबजारी गर्ने ११ जना व्यापारीलाई जिल्ला प्रहरी कार्यालय धनुषाले गिरफतार गरेको हो ।
कालोबजारी गरेको आरोपमा प्रहरीले जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वर वस्ने ५२ वर्षीय राम अनुठ ठाकुर, वडा १२ बस्ने वस्ने ३५ वर्षीय जित साह, वडा ४ वस्ने ५० वर्षीय विनोद कुमार साह, सोही ठाउँका ४८ वर्षीय कुशेश्वर चौधरी, वडा ७ वस्ने २८ वर्षीय अजय साह,२४ वर्षीय प्रविण साह , वडा ४ बस्ने ४३ वर्षीय राज किशोर यादव, वडा नं. १ वस्ने ३१ वर्षीय गुलजार शेख र ३१वर्षीय प्रमोद साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रामेश्वर कार्कीले जानकारी दिएका छन् ।
ग्याँस एक हजार ७ सयमा बेचेको आरोपमा जनकपुरधाम ४ वस्ने १९ वर्षीय कुन्दन कुमार साह, ५० रुपैयाको रिचार्ज कार्ड ६० रुपैयामा बेच्दै कालोबजारी गरेको आरोपमा जनकपुरधाम ४ वस्ने २६ वर्षीय बिकाश कुमार महतोलाई प्रहरीले गिरफतार गरेका हुन् ।
जनकपुरमा अहिले जिल्ला प्रशासन कार्यालय धनुषाको नेतृत्वमा बजार अनुगमनलाई तिव्रता दिइएको छ । कालोबजारीकरण गर्ने दिनहुँ मान्छेहरु गिरफतार भई रहँदा समेत अहिले पनि जनकपुरमा आलु ५० रुपैया प्रति किलो र प्याज ८० देखि ९० रुपैया प्रति किलो विक्री गर्दै आएका छन् ।