
धनुषा, ०७६ चैत १६ गते ।
जनकपुरधामको दशरथनगर टोल सुधार समाजका अध्यक्ष समेत रहेका सरसफाई अभियानी दीपक ठाकुरले कोरोना भाइरसको संक्रासका वेला जनसेवामा समर्पित भएका छन् । आइतवार दिपक ठाकुर जनकपुरधाम वार्ड ८ स्थित फोहर व्यवस्थापन गर्नुको साथै लामखुटटेको प्रकोपबाट बचाउन टोलमा किटनाशक औषधी छरेका छन् ।
नालामा पानी जमेर फोहोर भएपछि नाला सफाई गर्दै लामखुटटेको लार्भा मार्न औषधी छरेको सरसफाई अभियानी दीपक ठाकुरले बताए । सरसफाई अभियानी ठाकुरके अगुवाइमा दशरथ नगर टोलमा घर घरबाट विहानै फोहोर संकलन गरिदै आएको छ ।