
सिन्धुली, ०७६ चैत १८ गते ।
काठमाण्डौमा उपचार गराएर एम्वुलेन्समा धनुषा आउँदै गरेको एम्वुलेन्स दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । सिन्धुलीको कमलामाई नगरपालिका–७ माझीटारमा ज १ ज ७७७ नम्बरको एम्बुलेन्स अनियन्त्रित भइ सडकबाट ३५ फिट तल खस्दा ६ जना घाइते भएका हुन् ।

घाइते हुनेमा धनुषाको सबैला नगरपालिका–४ पटेर्वा घर भएका २१ वर्षीय अनिल यादव,२० वर्षीय सन्जु यादव, ३० वर्षीय मदन यादव, २८ वर्षीय श्रीराम यादव सिरहा मिर्चैया नपा ३ का २५ वर्षीय सुशिला यादव र ३५ वर्षीय संजिव कुमार यादव रहेका छन् । घाइतेहरुको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भई रहेको छ ।