मोरंगमा पत्रकारलाई कोरोना सेफटी ज्याकेट प्रदान

मोरंग, ०७६ चैत १८ गते ।
विराटनगरका पत्रकारहरुका लागि कोरोना भाईरससंग बच्ने लाइफ ज्याकेटलगायतका मेडिकल सामाग्रीहरु प्रदान गरिएको छ ।

कोरोना भाइरसको उच्च जोखिमको समयमा रिपोर्टिङमा खटिने पत्रकारहरुलाई मंगलवार समाजवादीपार्टी मोरंग जिल्लाका नगर कार्यवाहक अध्यक्ष मोहम्द नशरूलले, सेफ्टी ज्याकेट, माक्स्, पंजा र सेनिटाईजर प्रदान गरेका छन् ।


नेपाल पत्रकार महासंघ मोरंग शाखाका उपाध्यक्ष कुमोद अधिकारीलाई पत्रकारहरुको सुरक्षाका लागि आवश्यक सामाग्री नेता नशरुले प्रदान गरेका हुन् ।

यस अघि पनि नेता नशरुलले मोरंग जिल्ला ट्राफिक प्रमुखलाई डिउटीमा खटिएका ट्राफिक प्रहरीहरुको सुरक्षाको लागि माक्स, सेनीटाईजर, पन्जा प्रदान गरेका थिए ।

धेरै पढिएको

ताजा समाचार