नेकपा प्रदेश २ सांसद किशोरी साहले गरे एक महिनाको राहत कोषमा सहयोग गर्ने

धनुषा, ०७६ चैत २१ गते ।
नेकपाका प्रदेश २ सांसद किशोरी साह कमलले प्रदेश २ सचिवालयबाट पाउँदै आएको एक महिनाको तलव कोरोना भाइरसबाट संक्रमितहरुको राहत कोषमा जम्मा गर्ने बताउनुभएको छ ।

प्रदेश २ सरकारको कोरोना भाइरस राहत कोषमा आफुले पाउँदै आएको एक महिनाको तलव बरावरको रकम पठाइ दिन प्रदेश सचिवालयका सचिवलाई पत्र काटेर अनुरोध गर्नुभएको छ ।


प्रदेश २ का प्रदेश सांसदहरुमध्ये पहिलो सांसद साहले अहिलेसम्म राहत कोषमा एक महिनाको तलव दिने घोषणा गर्नुभएको हो । अन्य मन्त्रि तथा सरकारी कर्मचारी, विभिन्न सामाजिक संघ, संस्थाका कर्मचारीहरुले समेत आफु अनुकुलको रकमहरु राहत कोषमा जम्मा गरि रहँदा प्रदेश २ का सांसदहरुले भने अहिलेसम्म कुनै प्रकारको राहत कोषमा सहयोगको घोषणा गर्नुभएको छैन् ।


धनुषाको क्षेत्र नं. १ (क) बाट प्रत्यक्ष निर्वाचति नेकपाका सांसद किशोरी साह कमलले एक महिनाको तलव राहत कोषमा सहयोगको घोषणा गरेपछि अन्य सांसदहरुले समेत चाँडै नै राहत कोषमा सहयोग गरिने छाकटाक देखिएको छ ।

धेरै पढिएको

ताजा समाचार