
धनुषा, ०७६ चैत २६ गते ।
कोरोना भाइरसको संक्रमण फैलि रहेको वेलामा सुरक्षा कवज मानिने १०० थान पिपिई एनएमबी बैंक जनकपुर शाखाले प्रदेश २ सरकारलाई प्रदान गरेका छ ।
धनुषालगायत प्रदेश २ को ८ वटै जिल्लामा पिपिई अभाव रहेको वेलामा प्रदेश सरकारका मुख्यमन्त्रि लालवावु राउतलाई चैत २५ गते बैंकका निक्षेप प्रबन्धक मिथिलेश कुमार झासहितको टोलीले प्रदान गरेका छन् ।
कोरोना भाइरसको महामारीको उपचारमा सहयोग र्पुयाउने उद्देश्यले सो सामग्री हस्तान्तरण गरेको बैंकले जनाएको छ । पिपिई हस्तान्तरण कार्यक्रममा सामाजिक विकासमन्त्री नवलकिशोर साह, मुख्यन्यायाधिवक्ता दीपेन्द्र झा, चिकित्सकीय सल्लाहकार समूहका डा. रामकेवल साहलगायतको उपस्थिति थियो ।