
धनुषा, ०७६ चैत २६ गते । धनुषा शहिदनगर नगरपालिकाको दैवी प्रकोष व्यवस्थापन कोषमा १ लाख ११ हजार १ सय ११ सहयोग भएको छ ।
स्थानीय यदुकोहामा संचालित त्रिमुर्ति बचत तथा क्रण सहकारी संस्थाले चेक मार्फत सो रकम सहयोग गरेका छन् । नगरपालिकालाई सो सहयोग वापतका चेक संस्थाका पदाधिकारीहरुले नगरपालिकाका मेयर उदय बरबरिया यादवलाई हस्तान्तरण गरेका छन् ।
यस्तो विपतको समयमा संस्थाले सहयोग गरेको सो चेक लिँदै मेयर बरबरियाले सहकारीका पदाधिकारीहरुलाई धन्यवाद व्यक्त गरेका थिए ।