
०७६ चैत २७ गते ।
बाजुरामा गोली प्रहार गरि श्रीमतीलाई हत्या गर्ने आरोपित ४० वर्षीय गोरख रोकायालाई एक थान बरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ ।
बाजुराको गौमुल गाउँपालिका– ४ बस्ने ३३ वर्षीया सुन्तु रोकायाको बन्दुकको गोली लागेर मृत्यु भएको हो ।
प्रहरीले मृतककै श्रीमान गोरख रोकायाले भरुवा बन्दुकबाट श्रीमतीलाई गोली हानेको आरोपमा पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख दानबहादुर बोगटीले जानकारी दिए ।
हत्या गरिएको अवस्थामा शव फेला पारेपछि माइती पक्षले प्रहरीलाई खबर गरेका थिए ।