धनुषामा पाकेको गहुँमा अज्ञात समुहले आगजनी गर्दै, किसान चिन्तित


धनुषा,०७६ चैत ३० गते ।
विनोद महतो
धनुषा जिल्लामा पछिल्लो समयमा पाकेको गहुँ खेतमा राखेको बेलामा अज्ञात व्यक्तिले आगजनी गर्ने क्रम बढेपछि किसानहरु चिन्तित भएका छन् । धनुषाको कमला नगरपालिका वडा नं. ६ मा चैत २८ गते राति करिव ११ बजेको समयमा काटेर थ्रेसरमा कुट्न जम्मा गरी राखिएको अवस्थामा गहुँमा अज्ञात व्यक्तिले आगजनी गर्दा जलेर खरानी भएको छ ।

कमला नगरपालिका वडा नं. ६ सखुवा मडान बस्ने चनरदेव महतो र धर्मनाथ महतोले पाकेको गहुँ काटेर थ्रेसरमा कुटाउन एक ठाउँमा जम्मा गरेरे राखेको १ विघाका गेहुँमा आगजनी गरिएको छ ।
१ विघाको तयारी अवस्थामा रहेको पुरै गहुँ जलेर नष्ट भएको पीडित किसान धर्मनाथ महतोले बताउनुभयो ।

आफुहरुको कसैसँग कुनै झैझगडा, दुश्मनी नरहेको भएपनि गहुँमा कसले र किन आगो लगाएको भन्दै पीडित किसान महतोद्धयले अस्थायी प्रहरी चौकी सखुवा मडान मा उजुरी गर्नुभएको छ । पीडित किसानद्धयले घटनाको छानविन गरी आगो लगाउने व्यक्तिको खोजी गरी कारवाही गर्न र आफुहरुको गहुँको क्षतिपूर्ति उपलब्ध गराइदिन माग गर्नुभएको छ ।


चैत २६ गते राति धनुषा जिल्लाको सबैला नपाा –१ मुसहरी टोल बस्ने सत्यनारायण यादवकोे २ विघा जग्गामा लगाइएको गहुँ काटेर कुटाउन एक ठाउँमा जम्मा गरि राखेको गहुँमा अज्ञात व्यक्तिले आगजनी गर्दा जलेर नष्ट भएको थियो ।


जिल्लाको पूर्वी क्षेत्रमा अहिले दिनपिच्छे गहुँमा आगजनी गर्ने क्रम बढेको देखिएको छ । गहुँमा आगजनी क्रम बढेपछि किसानहरु चिन्तित भएका छन् । व्यक्तिगत दुश्मनी वा अन्य कारणले ४,५ महिनाको मेहनत र लगानीबाट उब्जाएको गहुँ काटेर घर ल्याउने समयमा आगजनीको घटना बढेपछि किसानसभ चिन्तित र हतास भएको कमला नगरपालिका १ बस्ने लक्ष्मेश्वर यादवले बताउनुभयो ।


अहिले कोरोना भाइरसकोे सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले जारी राखेको लकडाउनको मौका छोप्दै स्थानीहरु बढी जसो घरबाट बाहिर ननिक्लेको अवस्थामा केही उच्श्रृंखल व्यक्ति, अज्ञात व्यक्तिहरुले यस्तो क्रियाकलपा गरेको हुन सक्ने प्रहरीको आशंका छ । तर प्रहरीले हालसम्म गहुँमा आगो लगाउने व्यक्तिको पहिचान गरी पक्राउ गर्न सकेको छैन् ।

धेरै पढिएको

ताजा समाचार