प्रदेश सरकारलाई महिला मैत्री समाजद्वारा १० लाखको स्वास्थ्य सामग्री सहयोग

धनुषा, ०७६ चैत ३० गते ।
नेपाल भारत महिला मैत्री समाजले प्रदेश सरकारलाई चैत ३० गते दश लाख मुल्य बरावरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । समाजका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य चन्दा चौधरीले उक्त सामग्रीहरु मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गर्नु भएको छ ।


मुख्यमन्त्री निवासमा हस्तान्तरण गरिएको उक्त स्वास्थ्य सामग्रीहरुमा पिपिई १५० थान, ग्लोब्स ४ हजार २ सय पचास, सेनिटाइजर पाँच सय एमएलको ८४ बोतेल, स्प्रे टैंक १० थान र सर्जिकल मास्क २ हजार थान रहेको छ ।


समाजले प्रदान गरेको स्वास्थ्य सामग्रीहरु प्रदेश २ को विभिन्न अस्पतालमा पठाइने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

धेरै पढिएको

ताजा समाचार